सिंग्रीताममा पेटुनिया फुलखेती माथि एक दिने प्रशिक्षण शिविर सम्पन्न 

Share this news

पेशोक: 18 दिसेम्बर(निसं): तक्दाह-ग्लेनबर्न समष्टि अधीनस्थ रहेको सिंग्रीताम ग्राम पञ्चायतको वार्ड नम्बर  पाँचको सिंग्रीताम प्राथमिक पाठ्शाला प्राङ्गणमा मंगलबार पेटुनिया फूलखेती माथि एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भयो, जसको जानकारी सांसद पाँचका सदस्य धिरज राईले दिए। यसबारे सष्य राईले जनाए अनुसार, करुणा सिचेन भारतको तर्फ बाट उक्त एक दिने पेटुनिया फूल खेती माथि प्रशिक्षण आयोजना गरिएको हो भने यो महिना उक्त फूलको निम्ति निक्कै उपयोगी रहेको कारण ड्बल पेटुनिया फूलको विरुवाहरु पनि वितरण गरियो। पेटुनिया कुन प्रजातिको फूल हो भन्दै यसको खेती गर्दा कुन कुन कुरा अनि माटो र मलको के कस्तो प्रकारले प्रयोग गरिनु पर्छ भन्नेबारे उक्त प्रशिक्षण शिविरमा मिरिक थर्बु चियाबारीका धिरज नर्सरीका धिरज राई अनि सुमिरण नर्सरीबाट राजेन राईले सहज अनि सरल तरिकाले व्यावहारिक ज्ञान प्रदान गरे।
यहाँको पर्यावरणलाई नियाल्दा अर्किट फूलको खेती फष्टाउने प्रबल सम्भावना रहेको उक्त शिविरमा बताउदै फूल खेतीमा पैसा, आमदानी र सम्मान पनि रहेको बताए। अब पहाड्का बेरोजगार युवा जमातले फूल खेतीमा मन बनाए प्रसस्त आय हुने बताए।फूल खेती प्रती युवाहरुको मन नबनाए नेपाल अधिराज्यको सुर्य उदय नगरपालिका फिक्कल र इलामले विश्व बजारमा अधिकार जमाउने शिविरमा प्रशिक्षकले ठोकुवा गरे।
गोर्खाल्याण्ड टेरिटोरियल एड्मिनिस्ट्रेसन(जीटीए) क्षेत्रको तक्दाह-ग्लेनबर्न समष्टिको सिंग्रीताम क्षेत्रमा फूल खेतीबारे मन मात्र बनाउन पर्ने भन्दै यसको लागि मल यथेष्ट मात्रामा पाइने शिविरमा बताइएको थियो भने ती फूल उद्यमीहरुको निम्ति धिरज नर्सरी अनि सुमिरण नर्सरी सदैव खुल्ला रहेको उपस्थित प्रशिक्षणमा आएका फूल उद्यमीहरुलाई हौसलासंँगै उत्साह प्रदान गरिएको संसद राईले दर्पणलाई जानकारी गराए।
बुधबार सम्पन्न उक्त एक दिने पेटुनिया फूल खेती माथि आयोजित प्रशिक्षण शिविरमा सांसद पाँचका सदष्य एवं कृषि एवं पशु विकास सम्पदा विभागीय सञ्चालक धिरज राई, करुणा सिचेन भारत सिंग्रीताम ग्राम पञ्चायतका बीएससी अध्यक्ष धिरज राई, पञ्चायत मोटिभेटर जैनन राणा, सुधाकर छेत्री, एवं शिवाणी छेत्री आदिको उपस्थिति रहेको जनाउदै प्रशिक्षण शिविरमा लगभग चालीसजना फूल उद्यमीहरुको बाक्लो उपस्थिति रहेको सदस्य राईले थप जानकारी दिए।

Share this news
आजको रोजाइ
अवैध ‘चयन समिति’कालाई चिन्हित गरी कानूनी कार्वाही गर्नपर्छ

अवैध ‘चयन समिति’कालाई चिन्हित गरी कानूनी कार्वाही गर्नपर्छ

सरकारी जुनियर हाई स्कूल, मम्लेको स्वर्ण जयन्तीको उद्घाटन

सरकारी जुनियर हाई स्कूल, मम्लेको स्वर्ण जयन्तीको उद्घाटन

शीतकालीन मेलाको समष्टि अध्यक्ष भानु सुब्बाद्वारा उद्घाटन

शीतकालीन मेलाको समष्टि अध्यक्ष भानु सुब्बाद्वारा उद्घाटन

अप्पर पचेङ ग्राम कल्याण समूहद्वारा अग्नि पीड़ित परिवारलाई सहयोग

अप्पर पचेङ ग्राम कल्याण समूहद्वारा अग्नि पीड़ित परिवारलाई सहयोग

प्राणी सम्पदा विकास विभाग र खरसाङ पञ्चायत समितिको तर्फबाट कुखुराको चल्ला वितरण

प्राणी सम्पदा विकास विभाग र खरसाङ पञ्चायत समितिको तर्फबाट कुखुराको चल्ला वितरण

313 शिक्षकको बारेमा अनित थापा जवाफदेही- सञ्जीव लामा

313 शिक्षकको बारेमा अनित थापा जवाफदेही- सञ्जीव लामा

अल्पसङ्ख्यक मामिला विभाग कार्यालय उद्घाटन

अल्पसङ्ख्यक मामिला विभाग कार्यालय उद्घाटन

खम्बु राई कल्याण समिति डुमारामद्वारा उँधौली पर्व साकेला मनाइयो

खम्बु राई कल्याण समिति डुमारामद्वारा उँधौली पर्व साकेला मनाइयो

बस-बालिकाहरूको निम्ति म्याथन दौढ़ आगामी 28 दिसम्बरमा

बस-बालिकाहरूको निम्ति म्याथन दौढ़ आगामी 28 दिसम्बरमा

सांसद विष्टले 313 प्रति जनाए सहानुभुति

सांसद विष्टले 313 प्रति जनाए सहानुभुति

आजको रोजाइ