प्राणी सम्पदा विकास विभाग र खरसाङ पञ्चायत समितिको तर्फबाट कुखुराको चल्ला वितरण

Share this news

तीनधारे, (निसं): प्राणी सम्पदा विकास विभाग खरसाङ र खरसाङ पञ्चायत समितिको तर्फबाट महानदी ग्राम पञ्चायत अन्तर्गत जंगपाना, गिताङ्गे, सिविटार, बाघमारा क्षेत्रमा कुखुराको चल्लाहरु वितरण गरिएको छ। महानदी ग्राम पञ्चायतको पञ्चायत समिति सदस्य कुसाङ लामाको पहलमा यस क्षेत्रमा जम्मा 250 जना लाभार्थीहरुलाई प्राणी सम्पदा विकास विभाग र खरसाङ पञ्चायत समितिको तर्फबाट उन्नत प्रजातिको कुखुराको चल्लाहरु वितरण गरिएको छ।

महानदी ग्राम पञ्चायत अन्तर्गत पञ्चायत समिति सदस्य कुसाङ लामाको क्षेत्रमा कुखुराको चल्लाहरु वितरण गरिएको छ। यस अवसरमा पञ्चायत समिति सदस्य कुसाङ लामा, पञ्चायत सदस्यहरु, प्राणी सम्पदा विकास विभागको कर्मचारीहरु, प्राणी मित्र लगायत अन्यहरु उपस्थित रहेका थिए।

यस विषयमा पत्रकारहरुसित कुराकानी गर्दै पञ्चायत समिति सदस्य कुसाङ लामाले प्राणी सम्पदा विकास विभाग खरसाङ र खरसाङ पञ्चायत समितिको तर्फबाट महानदी ग्राम पञ्चायत अन्तर्गत जंगपाना, गिताङ्गे, सिविटार र बाघमारा क्षेत्रमा 250 जना लाभार्थीहरुलाई कुखुराको चल्लाहरु वितरण गरिएको जानकारी गराएका छन्‌‍। उनले यसको लागि खरसाङ पञ्चायत समितिको सभापति अनु छेत्री र विभागीय अधिकारीहरुलाई धन्यवाद दिएका छन्‌‍। उनले वितरण गरिएको कुखुराको चल्लाहरु राम्रोसितले पालनमार्फत्‌‍ जीविकोपार्जनमा सहयोग गर्ने आशा व्यक्त गरेका छन्‌‍।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ