गाउँलाई पुच्का खुवाउने परिश्रमी भाष्कर राई 

Share this news

पेशोक, 4 दिसम्बर(निसं): जीवन धन्नू मानिसको निम्ति महत्वपूर्ण अध्याय हो भन्दा फरक नपर्ला, मानिसलाई जीवन बाँच्नुको निम्ति एउटा न एउटा उपाय दिएको नै हुन्छ। यस्तै उपायको कौशलमा अघि बड्दै सानो लगानी गरेर आय-आर्जन गर्दै जीवन धानिरहेछ भाष्कर राई। जे नै गरे पनि बाँच्नु छ,आय त जे गरे पनि होने कुरो हो भन्छन्  भाष्कर।

पेशोक चियाबारीको गैरी गाउँ निवासी भाष्कर राईले सानो लगानी गरेर पेशोकको डाँडा दोकान साथै  नजिकैको सरकारी विद्यालय परिसर छेउमा पुच्का स्टल राखेका छन। उक्त स्टल मार्फ़त उनले आय गरिरहेका छन जसले उनले आफ्नो सानो परिवारलाई सहजै पालन सकेको भाष्कर भन्छन। उनी भन्छन, मान्छेलाई कमाई गर्न टाँडो जान पर्दैन, सानो लगानी गरेर भए पनि आय गर्न सकिन्छ। उनी अझ भन्छन् , तर किन हो मान्छेले एकै छोटी धेरै आयको अपेक्षा गर्छन। त्यो नहुँदा पलायन हुनु बाहेक अर्को विकल्प छैन।
सानो उमेरमा टाडा रहेर अध्यन गरेका भाष्कर राईले काम गरे पछि विवाह गरेर आफ्नै जन्म थलो पेशोक आएर आफ्नो आमासँग बसेको बताए। उनले आफ्नो परिवारको निम्ति काम गर्न लाज नहुने कुरालाई अघि राख्दै आफुले सानो लगानी गरेर यही बर्षको जनवरी महीनादेखि यो स्टल राखेको बताए भने अब आउने जनवरी महिनामा एक बर्ष पूरा हुने बताए। भास्करले पहिला पुच्का मात्र स्ट्लमा राखेको अनि पछि धेरैले पुच्का बाहेक मोमो आदि पनि राखने सुझाउ दिए पछि अहिले पुच्का सँगै मोमो पनि राखेका छन् ।

दिनमा दुइवटा स्थानमा स्ट्ल राख्छ ।उनी भन्छन् ,बेसरी नभए तापनि अहिलेसम्म आफ्नो नानीको स्कूलको खर्चसँगै परिवारलाई साहजसँग चलाउन सक्ने आय गर्न सकेको छु । एक शिक्षित युवा हुनुको नाताले केही गर्न इच्छा शक्ति हुनु जरूरी रहेको उनी भन्छन भने आफ्नो उमेरका साथीहरु, सहकर्मी, भाई-बहिनीहरुलाई जीवन धान्न केही पनि गर्न सकिन्छ तर लाज मान्नु नहुने सुझाव राख्छन। उनी भन्छन, मैले धेरै देखे, पैसा कमाउन विदेश-प्रदेश जान्छन , त्यहाँ आफु मात्र हुदैन , घर समाज सबै हेर्नको निम्ति निक्कै परिश्रम गर्न पर्छ। त्यो परिश्रम आफ्नै ठाउँमा गरे, आफुमा सन्तुष्टि हुन्छ। पलायन भएर कमाउनु रा आफ्नो गाउँ घरमा रहेर सानै भए पनि लगानी गरे, नाफ़ा-नोक्सान आफ्नै हुने हो।
आफ्नै बलबुतामा जीवन धान्न थुप्रै भाष्कराहरु छन् , जो आफु शिक्षित रहेर पनि कही गरेर अरुलाई सेवा प्रदान गर्दै परिवारको आवश्यकता पूरा गर्न सक्षम बनेका छन भने कतिपय भाष्करहरु आफ्नो जन्म थलोदेखि टाडा रहेर परिवार धानी रहेको तितो सत्य अघि छ।

Share this news
आजको रोजाइ
प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

आजको रोजाइ