बस-बालिकाहरूको निम्ति म्याथन दौढ़ आगामी 28 दिसम्बरमा

Share this news

खरसाङ,  (निसं)ः 28 नम्बर खरसाङ शहर चिम्नी देवराली समष्टिको वार्ड नम्बर 10 मा रहेको सुरभि परिवारले आफ्नो समाजको 25 औँ वर्षगाँठ तथा रजत जयन्ती पालन गरिरहेको छ। यस अवसरमा आगामी 28 दिसम्बरको दिन सम्पन्न हुने बाल-बालिका अनि किशोर-किशोरीहरूको म्याराथन दौढ़को विषयमा चर्चा गरी कार्ययोजना तयार पार्नको निम्ति समाजका सभापति रिता प्रधानको अध्यक्षतामा एउटा सभा सम्पन्न भयो। सभालाई सुरभि परिवारका सचिव नर्बु लामाले सञ्चालन गरेका थिए। यस सभामा 28 नम्बर खरसाङ शहर चिम्नी देवराली समष्टिका सभासद श्याम शेर्पाको पनि विशेष उपस्थिति रहेको थियो।

सभामा सभासद्‌‍ शेर्पाले बोल्दै म्यारथन दौढ़ सुचारु ढंगमा आयोजना गरेर सफल तुल्यानको निम्ति अपनाउन सकिने विभिन्न उपायहरूको बारेमा सुझाउ दिए। सभामा समाजको सदस्य, तकनीकि सल्लाहकार सदस्य ऋषि प्रधान, रतन शेर्पाले पनि विभिन्न तकनीकि सुझाउहरू प्रस्तुत गरेका थिए। आगामी 28 दिसम्बरको दिन आयोजना हुने नानीहरूको म्याराथन दौढ़ड मन्टिभियट खेल मैदानबाट शुरु गरिने, बाईपास भएर पङ्खाबारी रोड हुँदै उकालो मोटर स्ट्याण्ड हुँदै पार्क लोकेशन ओह्रोलो मन्टिभियट रोडबाट मन्टिभिट खेलमैदानमा पुगेर समापन गरिने परिवारका सचिवले जानकारी गराए।

यस म्याराथन बारे बताउदै सभासद श्याम शेर्पाले सुरभि परिवारको रजत जयन्तीको उपलक्ष्यमा नानीहरूको लागि आगामी 28 दिसम्बर म्याराथन दौढ़ आयोजना भइरहेको छ। यसमा 6 वर्ष देखि 9 वर्ष सम्मका केटा अनि केटीहरूको, 10 वर्षदेखि 12 वर्ष सम्मका केटा अनि केटीहरू दुई अलगअलग प्रतिस्पर्धा सम्पन्न गरिने बताए। शेर्पाले विशेष आयोजक पक्षबाट खरसाङ्को सबै खेलकुद सङ्घ-सङ्गठन, कल्ब र समाजका सदस्यहरूलाई उक्त म्याराथन दौढ़ प्रतियोगितामा उपस्थित भएर नानीहरूलाई हौसला प्रदान गरिदिने अनुरोध गरे। म्याराथनको लागि जीटीए मुख्य कार्यपाल अनित थापाले विशेष सहयोग गरिदिने वचन दिएका र यसको निम्ति अघैबाटै सरसल्लाह र सुझाव प्रदान गर्ने कार्य आफूले गरिरहेको पनि सभासद्‌‍ शेर्पाले बताए।

Share this news
आजको रोजाइ
“मेरो सम्पूर्ण घरको खोजी गरिएको छ…” पुलीसको छापापछि अभिषेक

“मेरो सम्पूर्ण घरको खोजी गरिएको छ…” पुलीसको छापापछि अभिषेक

WBCS २०२४ का विद्यार्थीहरूको सुविधाको लागि आइतबार थप मेट्रो

WBCS २०२४ का विद्यार्थीहरूको सुविधाको लागि आइतबार थप मेट्रो

अमेरिका ले प्रभावी प्रदर्शन गर्दै पाराग्वेलाई ४-१ जित्यो

अमेरिका ले प्रभावी प्रदर्शन गर्दै पाराग्वेलाई ४-१ जित्यो

जापानी चुबु इलेक्ट्रिकले भारतको ऊर्जा बढाउन ₹१,४३० करोड हाल्ने

जापानी चुबु इलेक्ट्रिकले भारतको ऊर्जा बढाउन ₹१,४३० करोड हाल्ने

भाषा, साहित्य र संस्कृति बलिया नभएसम्म राष्ट्रको समृद्धि पूर्ण हुन सक्दैन

भाषा, साहित्य र संस्कृति बलिया नभएसम्म राष्ट्रको समृद्धि पूर्ण हुन सक्दैन

प्रम मोदीको सेवालाई सम्मान गर्न “स्वच्छ कालिम्पोङ सेवा” सञ्चालन

प्रम मोदीको सेवालाई सम्मान गर्न “स्वच्छ कालिम्पोङ सेवा” सञ्चालन

रेलिङ-कैंजलेबाट गोरामुमोमा पस्ने २० परिवारलाई घिसिङद्वारा स्वागत

रेलिङ-कैंजलेबाट गोरामुमोमा पस्ने २० परिवारलाई घिसिङद्वारा स्वागत

लङभ्यू चिया बगानका श्रमिकहरूद्वारा ७२ घण्टे अनशनको घोषणा

लङभ्यू चिया बगानका श्रमिकहरूद्वारा ७२ घण्टे अनशनको घोषणा

वरिष्ठ अधिवक्ता अनि पूर्व विधायक प्रणय राई गोरामुमोमा भए सामेल

वरिष्ठ अधिवक्ता अनि पूर्व विधायक प्रणय राई गोरामुमोमा भए सामेल

पार्किङ र पानी समस्या समाधानार्थ गोजमुमोद्वारा प्रशासनलाई ज्ञापनपत्र

पार्किङ र पानी समस्या समाधानार्थ गोजमुमोद्वारा प्रशासनलाई ज्ञापनपत्र

आजको रोजाइ