GJM Party Development work Kalimpong
GJM Party Development work Kalimpong

पार्किङ र पानी समस्या समाधानार्थ गोजमुमोद्वारा प्रशासनलाई ज्ञापनपत्र

Share this news

कालेबुङ शहरमा बढ्दो पार्किङ अभाव र दीर्घकालीन खानेपानी संकटको समाधानका लागि गोर्खा जनमुक्ति मोर्चाले जिल्ला प्रशासन समक्ष विस्तृत ज्ञापनपत्र बुझाएको छ। मोर्चाले जनजीवनसँग प्रत्यक्ष सम्बन्धित यी समस्याहरूको स्थायी समाधानका लागि तत्काल प्रभावकारी पहल गर्न प्रशासनसँग माग गरेको हो। ज्ञापनपत्रमार्फत मोर्चाले कालेबुङ शहरमा दिनप्रतिदिन बढ्दै गएको ट्राफिक जाम र अव्यवस्थित पार्किङ व्यवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै विगतमा प्रस्तावित विभिन्न पार्किङ परियोजनाहरूलाई प्राथमिकताका साथ कार्यान्वयन गर्नुपर्ने आवश्यकता औंल्याएको छ।

मोर्चाले अध्यक्ष बिमल गुरुङको नेतृत्वकालमा सुरु गरिएको नोभेल्टी हल नजिकको पार्किङ परियोजनालाई शीघ्र सञ्चालनमा ल्याउनुपर्ने माग गरेको छ। साथै हाट बजार बहु-तले पार्किङ, सिड फार्म पार्किङ विस्तार, म्युनिसिपल स्कूल बहु-तले पार्किङ, नगरपालिका कार्यालय परिसरको बेसमेन्ट पार्किङ, जिल्ला अस्पताल क्षेत्र, मिशन ग्राउण्ड तथा गान्धी गेट आसपास सार्वजनिक–निजी साझेदारीमा पार्किङ निर्माणलगायतका योजनाहरूलाई पुनः प्राथमिकतामा राख्न आग्रह गरिएको छ।

मोर्चाका अनुसार ती परियोजनाहरू सम्पन्न भएमा ट्राफिक व्यवस्थापनमा उल्लेखनीय सुधार आउनुका साथै स्थानीय व्यवसाय, पर्यटन र सर्वसाधारणलाई प्रत्यक्ष लाभ पुग्नेछ। यसैगरी, कालेबुङवासीले लामो समयदेखि भोग्दै आएको खानेपानी समस्यालाई पनि मोर्चाले गम्भीर विषयका रूपमा उठाएको छ। कम्सी–डेलोदुर्पिन तथा भालु खोला–डेलो खानेपानी परियोजनाहरूलाई यथाशीघ्र कार्यान्वयन गर्न माग गरिएको छ। भालु खोला–डेलो खानेपानी परियोजनाको टेन्डर प्रक्रिया सुरु भइसकेको उल्लेख गर्दै मोर्चाले निर्माण कार्यमा कुनै विलम्ब नगरी शीघ्र अघि बढाउन प्रशासनसँग आग्रह गरेको छ। उक्त परियोजना सम्पन्न भएमा कालेबुङको खानेपानी समस्याको दीर्घकालीन समाधान सम्भव हुने मोर्चाको विश्वास रहेको छ।

गोर्खा जनमुक्ति मोर्चाले विकास र जनहितसँग सम्बन्धित यस्ता विषयहरूलाई राजनीतिक स्वार्थभन्दा माथि राखेर हेर्नुपर्ने बताउँदै जिल्ला प्रशासन, जनप्रतिनिधि तथा सम्बन्धित निकायहरूलाई समन्वयात्मक रूपमा कार्य गर्न आह्वान गरेको छ। साथै कालेबुङको समग्र विकास, व्यवस्थित शहरीकरण तथा आधारभूत जनसुविधा विस्तारका पक्षमा पार्टीले भविष्यमा पनि निरन्तर आवाज उठाइरहने जनाएको छ।

Share this news
आजको रोजाइ
वरिष्ठ अधिवक्ता अनि पूर्व विधायक प्रणय राई गोरामुमोमा भए सामेल

वरिष्ठ अधिवक्ता अनि पूर्व विधायक प्रणय राई गोरामुमोमा भए सामेल

पार्किङ र पानी समस्या समाधानार्थ गोजमुमोद्वारा प्रशासनलाई ज्ञापनपत्र

पार्किङ र पानी समस्या समाधानार्थ गोजमुमोद्वारा प्रशासनलाई ज्ञापनपत्र

विष्टद्वारा भाजपा कालिम्पोङ विधान सभा संगठनात्मक बैठकको अध्यक्षता

विष्टद्वारा भाजपा कालिम्पोङ विधान सभा संगठनात्मक बैठकको अध्यक्षता

गेजिङ ओमचुङ जीपीयू दीनदयाल उपाध्याय प. सतत विकास पुरस्कृत

गेजिङ ओमचुङ जीपीयू दीनदयाल उपाध्याय प. सतत विकास पुरस्कृत

रावल आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने नेपाल सरकारको निर्णय

रावल आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने नेपाल सरकारको निर्णय

तुगलकाबादको पाँचतले घरमा भीषण आगलागीः तीनको मृत्यु, तीन फसे

तुगलकाबादको पाँचतले घरमा भीषण आगलागीः तीनको मृत्यु, तीन फसे

फिफा विश्वकप २०२६ : उद्घाटन दिनमा मेक्सिको विजयी, दक्षिण कोरिया पनि सफल

फिफा विश्वकप २०२६ : उद्घाटन दिनमा मेक्सिको विजयी, दक्षिण कोरिया पनि सफल

पद्म पुरस्कार २०२६ मा पश्चिम बंगालका विभूतिहरू सम्मानित

पद्म पुरस्कार २०२६ मा पश्चिम बंगालका विभूतिहरू सम्मानित

इन्डिया (INDIA) गठबन्धनमा ‘महाविलय’ को संकेत ? कांग्रेसमा फर्किन सक्छन् TMC-NCP, नेताहरूको बयानले बढायो अड्कलबाजी

इन्डिया (INDIA) गठबन्धनमा ‘महाविलय’ को संकेत ? कांग्रेसमा फर्किन सक्छन् TMC-NCP, नेताहरूको बयानले बढायो अड्कलबाजी

जलपाईगडी केन्द्रीय बालिका विद्यालयमा आगलागी, विद्यार्थीहरूमा त्रास

जलपाईगडी केन्द्रीय बालिका विद्यालयमा आगलागी, विद्यार्थीहरूमा त्रास

आजको रोजाइ