रेलिङ-कैंजलेबाट गोरामुमोमा पस्ने २० परिवारलाई घिसिङद्वारा स्वागत

Share this news

गोर्खा राष्ट्रिय मुक्ति मोर्चाले आफ्नो संगठन विस्तार अभियानलाई निरन्तरता दिँदै दार्जीलिङ ब्राञ्च कमिटी अन्तर्गत रेलिङ–कैजले समष्टिबाट २० घर परिवारलाई पार्टीमा स्वागत गरेको छ। गोरामुमो केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रममा पार्टी अध्यक्ष मन घिसिङको विशेष उपस्थितिमा नयाँ सदस्यहरूले औपचारिक रूपमा गोरामुमोको सदस्यता ग्रहण गरेका हुन्। कार्यक्रममा अध्यक्ष घिसिङले नवप्रवेशी सदस्यहरूलाई खादा लगाएर स्वागत गर्दै पार्टीमा आबद्ध भएकोमा बधाई तथा शुभकामना व्यक्त गरेका थिए।

पार्टीका मिडिया सेल प्रभारी दिनेस साम्पाङका अनुसार रेलिङ–कैजले क्षेत्रका विभिन्न परिवारहरू गोरामुमोको विचारधारा र राजनीतिक दृष्टिकोणप्रति आकर्षित हुँदै पार्टीमा आबद्ध भएका हुन्। यसले उक्त क्षेत्रमा पार्टीको जनाधार अझ सुदृढ बन्दै गएको संकेत गरेको छ।समष्टि अध्यक्ष प्रेम सुब्बा, दार्जिलिङ ब्राञ्च कमिटीका उपाध्यक्ष गाइस सुब्बा तथा केन्द्रीय समिति सदस्य आर.सी. गुरुङको नेतृत्वमा आएको प्रतिनिधिमण्डलले केन्द्रीय कार्यालयमा अध्यक्ष मन घिसिङसँग भेटघाट गरी वर्तमान राजनीतिक परिस्थिति, जनसरोकारका विषय तथा संगठन सुदृढीकरण सम्बन्धी विविध मुद्दाहरूमा विस्तृत छलफल गरेको थियो।

यसैबीच हालै गठन भएको गोर्खा राष्ट्रिय नारी संगठन (गोरानासं) को रेलिङ कैजले समष्टि प्रतिनिधि टोलीले पनि अध्यक्ष मन घिसिङसँग शिष्टाचार भेटघाट गरेको थियो। उक्त अवसरमा अध्यक्ष मन घिसिङ तथा गोरानासं दार्जीलिङ ब्राञ्च कमिटीकी अध्यक्षा बसुन्धारा प्रधानले प्रतिनिधिहरूलाई खादा लगाई बधाई तथा शुभकामना व्यक्त गरेका थिए। गोरामुमोले पछिल्लो समय विभिन्न समष्टि तथा ग्रामस्तरमा संगठन विस्तारलाई तीव्रता दिइरहेको अवस्थामा रेलिङ–कैजले क्षेत्रबाट २० परिवारको पार्टी प्रवेशलाई संगठन सुदृढीकरणतर्फको अर्को महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।

Share this news
आजको रोजाइ
WBCS २०२४ का विद्यार्थीहरूको सुविधाको लागि आइतबार थप मेट्रो

WBCS २०२४ का विद्यार्थीहरूको सुविधाको लागि आइतबार थप मेट्रो

अमेरिका ले प्रभावी प्रदर्शन गर्दै पाराग्वेलाई ४-१ जित्यो

अमेरिका ले प्रभावी प्रदर्शन गर्दै पाराग्वेलाई ४-१ जित्यो

जापानी चुबु इलेक्ट्रिकले भारतको ऊर्जा बढाउन ₹१,४३० करोड हाल्ने

जापानी चुबु इलेक्ट्रिकले भारतको ऊर्जा बढाउन ₹१,४३० करोड हाल्ने

भाषा, साहित्य र संस्कृति बलिया नभएसम्म राष्ट्रको समृद्धि पूर्ण हुन सक्दैन

भाषा, साहित्य र संस्कृति बलिया नभएसम्म राष्ट्रको समृद्धि पूर्ण हुन सक्दैन

प्रम मोदीको सेवालाई सम्मान गर्न “स्वच्छ कालिम्पोङ सेवा” सञ्चालन

प्रम मोदीको सेवालाई सम्मान गर्न “स्वच्छ कालिम्पोङ सेवा” सञ्चालन

रेलिङ-कैंजलेबाट गोरामुमोमा पस्ने २० परिवारलाई घिसिङद्वारा स्वागत

रेलिङ-कैंजलेबाट गोरामुमोमा पस्ने २० परिवारलाई घिसिङद्वारा स्वागत

लङभ्यू चिया बगानका श्रमिकहरूद्वारा ७२ घण्टे अनशनको घोषणा

लङभ्यू चिया बगानका श्रमिकहरूद्वारा ७२ घण्टे अनशनको घोषणा

वरिष्ठ अधिवक्ता अनि पूर्व विधायक प्रणय राई गोरामुमोमा भए सामेल

वरिष्ठ अधिवक्ता अनि पूर्व विधायक प्रणय राई गोरामुमोमा भए सामेल

पार्किङ र पानी समस्या समाधानार्थ गोजमुमोद्वारा प्रशासनलाई ज्ञापनपत्र

पार्किङ र पानी समस्या समाधानार्थ गोजमुमोद्वारा प्रशासनलाई ज्ञापनपत्र

विष्टद्वारा भाजपा कालिम्पोङ विधान सभा संगठनात्मक बैठकको अध्यक्षता

विष्टद्वारा भाजपा कालिम्पोङ विधान सभा संगठनात्मक बैठकको अध्यक्षता

आजको रोजाइ