प्रशान्त महासागरमा अमेरिकी सेनाको आक्रमण, आठ जनाको मृत्यु

Share this news

प्रशान्त महासागरमा लागुऔषध तस्करीमा संलग्न भएको आशंकामा अमेरिकी सेनाले गरेको आक्रमणमा आठ जनाको मृत्यु भएको छ। घटनापछि विज्ञ तथा कानुनविद्हरुले यस्ता सैन्य कारबाहीले अन्तर्राष्ट्रिय कानुन उल्लङ्घन गर्न सक्ने चेतावनी दिएका छन्।

अमेरिकी सेनाको दक्षिणी कमाण्डले सामाजिक सञ्जालमार्फत आक्रमणका दृश्यहरू सार्वजनिक गर्दै ती डुंगाहरू लागुऔषध तस्करीका लागि परिचित मार्ग हुँदै यात्रा गरिरहेका र तस्करीमा संलग्न रहेको दाबी गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ग्याङ्ग र लागुऔषध कारोबारविरुद्धको अभियानअन्तर्गत पछिल्ला केही महिनामा अमेरिकी सेनाले प्रशान्त र क्यारिबियन क्षेत्रमा २० भन्दा बढी जहाजहरूलाई निशाना बनाइसकेको जनाएको छ। ती कारबाहीका क्रममा कम्तीमा ९० जनाको मृत्यु भएको सेनाले जानकारी दिएको छ।

विज्ञहरूले यस्ता आक्रमणले सशस्त्र द्वन्द्वसम्बन्धी अन्तर्राष्ट्रिय कानुनहरूको उल्लङ्घन गर्न सक्ने बताएका छन्। अमेरिकाले पहिलोपटक सेप्टेम्बर २ मा आक्रमण गरेको थियो। सो घटनामा बाँचेकामाथि पुनः आक्रमण गरी हत्या गरिएको आरोपसमेत उठ्दै आएको छ, जसबारे निष्पक्ष छानबिन हुनुपर्ने माग गरिएको छ।

बीबीसीसँगको कुराकानीमा कानुनविद्हरुले भेनेजुयलाको डुंगामाथि गरिएको दोस्रो आक्रमण अवैध भएको धारणा व्यक्त गरेका छन्। अन्तर्राष्ट्रिय कानुनअनुसार यसलाई गैरन्यायिक हत्या मानिन सक्ने उनीहरूको भनाइ छ।

इन्टरनेशनल क्रिमिनल कोर्टका एक पूर्व प्रमुख अभियोजकले अमेरिकी सैन्य अभियान शान्तिकालमा सर्वसाधारणमाथि गरिएको सुनियोजित तथा प्रणालीगत आक्रमणको श्रेणीमा पर्न सक्ने चेतावनी दिएका छन्।

यता, अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसले भने लागुऔषध कारोबारीबाट आफ्ना नागरिकलाई जोगाउन कानुनी र वैध ढंगले नै सैन्य कारबाही गरिएको दाबी गरेको छ। सशस्त्र द्वन्द्वसम्बन्धी कानुनको उल्लङ्घन नभएको ह्वाइट हाउसको भनाइ छ।

भेनेजुयलाले भने अमेरिकाले आफ्नो देशमाथि लागुऔषध तस्करीलाई सहयोग गरिरहेको आरोप लगाउँदै आएको छ। उसले राष्ट्रपति निकोलस मदुरोलाई अन्तर्राष्ट्रिय रूपमा एक्ल्याउने प्रयास भइरहेको दाबी गर्दै भेनेजुयलासँग आमनेसामने हुने गरी ठूलो संख्यामा अमेरिकी सैनिक तैनाथ गरिएको जनाएको छ। यसैबीच, डिसेम्बर १० मा अमेरिकी सेनाले भेनेजुयलाको तट नजिकै एउटा तेल ट्यांकर कब्जामा लिएको थियो। भेनेजुयलाले उक्त कदमलाई उपनिवेशवादी सोच र डकैतीको संज्ञा दिएको छ।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ