सांसद विष्टले 313 प्रति जनाए सहानुभुति

Share this news

खरसाङ, (निसं)ः जीटीए क्षेत्रका 313 शिक्षकहरूको नियुक्ति कलकत्ता उच्च अदालतले गैरकानुनी रहेको निर्णय सुनाएपछि दार्जीलिङ्का सांसद एवं भारतीय जनता पार्टीका राष्ट्रिय प्रवक्ता राजु विष्टले ती शिक्षक अनि तिनीहरूका परिवारका सदस्यहरू प्रति सहानुभूति प्रकट गरेका छन्‌‍।

विष्टले कलकत्ता उच्च अदालयका न्याधीश विश्वजीत बासुले जीटीएले स्थायी गरेको 313 भोलिन्टियर शिक्षक गैरकानुनी भनी घोषणा गरेको छ, यो जीटीएद्वारा चोरदैलोको नीति अपनाइएको कारण भएको हो, भनेका छन्‌‍। तिनले अघि भनेका छन्‌‍, अदालतको यो निर्णयले ती 313 जना शिक्षकहरूलाई मात्र नभएर तिनीहरूका परिवार सदस्यहरू पनि प्रभावित बनेका छन्‌‍। तृणमूल कंग्रेस सरकार अनि पहाड़मा यसका गठबन्धन पार्टीद्वारा लागु गरिएको चोरदैलो नियुक्ति नीतिको कारण ती युवाहरू पीड़ित बन्न परेकोमा म सहानुभूति प्रकट गर्दछु।

विष्टले आफूले गैरकानुनी नियुक्ति प्रक्रियाको समर्थन र सहयोग एक निर्वचित सांसदको हैसियतमा गर्न नसक्ने बताउदै भनेका छन्‌‍, योग्यताको अधार नगरेर गैरकानुनी तरिकाले गरिएको नियुक्तिको म एक निर्वाचित सांसदको हैसियतमा समर्थन गर्न सक्दिन। राजनीतिक दलद्वारा नियुक्ति अनि नामाङ्कित शिक्षकहरूको कारण सयौँ शिक्षित र योग्य युवाहरू किनाराकृत भएका छन्‌‍। आज ती योग्य युवाहरूको संघर्षले न्याय पाएको अनुभव गरिएको छ, आज अदालतबाट आएको निर्णयले तिनीहरूको लामो संघर्षको नतिजा प्राप्त भएको छ। हाम्रो देशको नाराले भन्छ सत्यमेव जयते अर्थात सत्यको जहिले पनि जीत हुन्छ।

तिनले आरोप लगाउदै भनेका छन्‌‍, तृणमूल कंग्रेसको शासन कालमा राज्यको शिक्षा क्षेत्र पूर्ण रुपले ध्वस्त बनेको छ। राज्यको धेरै विश्वविद्यालयहरू वर्तमानमा उपकुलपति, कन्ट्रोलर अनि रेजिष्टार बिहीन सञ्चालन भइरहेका छन्‌‍। राज्यका लगभग सबै कलेज अनि विद्यालयहरू शिक्षक प्रभारीद्वारा सञ्चालन भइरहेका छन्‌‍, ती कलेज अनि विद्यालयहरूमा प्राचार्य अनि प्रधान अध्यापकहरू छैनन्‌‍। राज्यको शिक्षा पद्धतिमा ठूलो भ्रष्टचार भएको छ। हामीले तृणमूल कंग्रेसले शिक्षा व्यस्थालाई तप्का-तप्कामा नष्ट गरेको देखेका छौँ। विष्टले आशा प्रकट गर्दै भनेका छन्‌‍, तर चाँड़ै तिनीहरूको भ्रष्टचार, भाईभतिजावाद, गैरकानुनी नियुक्तिको समय सकिने छ। म युवाहरूलाई गैरकानुनी तर्फ धकेल्नेहरूलाई समर्थन नगर्ने अपिल गर्छु। यस्ता राजनीतिक दलहरू हाम्रो अनि हाम्रो दार्जीलिङ पहाड़, तराई अनि डुवर्सको हितमा छैनन्‌‍। तिनीहरूले हाम्रो क्षेत्रलाई बिक्री गर्नको निम्ति एक पल्ट सोच्नेसम्म गर्दैनन्‌‍। जसले ती युवाहरू अनि तिनीहरूका परिवारका सदस्यहरूको जीवनसित खेलवाड़ गरे तिनीहरूले यसको जिम्मेवारी लिन पर्छ। जसले लाखौँ रुपियाँ घुष लिएर गैरकानुनी नुयुक्ति गर्नेहरू पक्राउ गरिन पर्छ अनि जेल पठाइन पर्छ।

Share this news
आजको रोजाइ
प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

आजको रोजाइ