अल्पसङ्ख्यक मामिला विभाग कार्यालय उद्घाटन

Share this news

खरसाङ, (निसं): जोइण्ट फोरम पहाड़ तराई ख्रिष्टियन वेलफेयर अर्गनाइजेशनको पूर्व घोषित कार्यक्रम अनुसार गोर्खा रङ्गमञ्च भवनमा अल्पसङ्ख्यक मामिला विभाग, गोर्खाल्याण्ड क्षेत्रिय प्रशासनका सल्लाहकार रमेशको कार्यालय मंगलवार विधिवत्‌‍ रुपमा उद्घाटन गरियो।

यस अवसरमा आर्च बिशप पिटर ब्लेन लेप्चाले मूल ढोकामा तेल लगाएर प्रार्थना गरे। समारोहमा प्रमुख अथितिको रूपमा जीटीएसभा अध्यक्ष अञ्जुल चौहानको बहुलीबाट कार्यालयको उद्धघाटन गरियो भने आर्च बिशप स्वामी पिटर ब्लेन लेप्चा अनि एडभाईजर रेभ रमेश गुरुङ्गको बहुलीबाट रिबन काटेर कार्यलयमा प्रवेश गरियो। सिनियर एल्डर दया रत्न प्रधानले परमेश्वरको बचन बोले। अहिलेको समय सम्पूर्ण अल्पसंख्यक समुदायहरू एक हुनु अनि इमान्दारी पूर्वक प्रभुको दास झै खट्नु पर्ने बताए। माछा देख्दा कुरमा हात साँप देख्दा बाहिर हात गर्नु नहुने बताउँदै प्रधानले केही गर्छु भनेर निस्किएपछि जस्तै परिस्थितिमा पनि हार मान्नु नहुने जनाए।

सल्लाहकार रमेश गुरुङले आफ्नो सम्बोधनमा आफुलाई क्षेत्रिय सरकारद्वारा प्रदान गरिएको पदभार कुनै निश्चित सम्प्रदायको निम्ति मात्र नभएर इसाई, मुस्लिम अनि बुद्धिष्ट माइनोरिटीहरू सबैको निम्ति नियुक्ति गरिएको अवगत गराए। तिनले क्षेत्रिय सरकारले इसाईहरू प्रति ठूलो भरोसा गरेको छ भन्दै क्षेत्रिय अल्पसंख्यक समुदायहरुको निम्ति केही गरौँ भन्ने सोच जीटीए प्रमुख कार्यपाल अनित थापाको रहेको पनि दावी गरे। गुरूङले जुन भरोसाले अल्पसंख्यकहरूको निम्ति पद भार प्रदान गरेका छन्‌‍ यसको निम्ति जीटीए प्रमुख अनित थापा प्रति आभार प्रकट गरे।

प्रमुख अथितीको आसनबाट बोल्दै जीटीए सभाका चियरमेन अञ्जुल चौहान अब क्षेत्र क्षेत्रमा रहेका इसाई अल्पसंख्यक समुदायहरुलाई एक मुष्ट बनाएर आफ्नो मानिसहरूको हितमा काम गर्नु पर्ने बताए। तिनले हामी इसाई धर्मलवाम्बीहरू हुँदा हुँदै पनि राज नेताहरूसँग आबद्ध रहेर काम निकाल्नु पर्छ भन्दै हामी इसाईहरू एक भएर परमेश्वरको राज्यको निम्ति सहेर काम गर्नु पर्छ भनी आह्वान गरे।

यस अवसरमा पास्टर कबिर लामाले धन्यवाद ज्ञापनको क्रममा क्षेत्रिय सरकार प्रशासक अनित थापा अनि जीटीए सभाका सम्पूर्ण सदस्यहरु प्रति धन्यवाद प्रकट गरे।

पास्टर लोक बिजय सुब्बाले सञ्चालन गरेको कार्यक्रमको आरम्भमा पास्टर विमल गुरुङ, मिरिकबाट बाइबल पाठ प्रस्तुत गरे। सागर थापाको अगुवाइमा धन्यबादी भएर ढोकाभित्र पस्न भजन गाउँदै भित्र प्रवेश गरे पछि रेभ पास्टर दिलीप प्रधान गाड़ीधुराले अफिस रुमको निम्ति धन्यबादी प्रार्थना चढाए। पास्टर प्रकाश ठटालले सल्लाहकारको कुर्सीमा तेल अभिषेक गर्दै प्रार्थना चढाए भने सल्लाहकार गुरुङले आसन ग्रहण गरे पछि जोइण्ट फोरमको पक्षबाट महासचिव पास्टर अशिम राईले फुलको गुच्छा प्रदान गर्दै शुभकामना प्रदान गरे।

यस अवसरमा मुस्लिम समुदायबाट अञ्जुमन इस्लामिया सचिव एके अफताबद्वारा पनि खादा अर्पण अनि शुभकामना प्रदान गरे भने तामाङ समुदाय केन्द्रिय कमिटी सभापति किरण दोङ्ग अनि सहयोगीद्वारा पनि सल्लाहकारलाई खादा लगाए शुभकामना प्रदान गरे।कार्यक्रममा विशिष्ट अथितिको रूपमा सभासद प्रणाम रसाइली, सूचना अनि सांस्कृतिक विभागका डी भुपेन्द्रकान्तमणि घिसिङ, बड़ा बाबु विनय प्रकाश थापा, प्रबन्धक लाक्पा लामा आदिको उपस्थिति रहेको थियो पास्टर हेमन्त पवल मोक्तानद्वारा अन्तिम प्रार्थना गरेपछि आर्च बिशपको स्वर्गीय आशिर्बाद पछि कार्यक्रम अन्त गरियो। यस अवधि विभिन्न क्षेत्रबाट प्रतिनिधि पास्टरहरूको उपस्थितिको कारण कार्यक्रम पूर्ण रुपले सफल भएको महासचिव पास्टर अशिम राईले जनाए।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ