313 शिक्षकको बारेमा अनित थापा जवाफदेही- सञ्जीव लामा

Share this news

खरसाङ, (मोहन प्रसाद): 313 शिक्षकको नियुक्ति खारिजको सबै भन्दा पहिलो जवाफदेही जीटीए अनि भागोप्रमो प्रमुख अनित थापा नै हुन पर्ने हो भनी मन्तव्य भारतीय जनता पार्टी (भाजपा), दार्जीलिङ जिल्ला अध्यक्ष सञ्जीव लामाले प्रकट गरेका छन्‌‍।
बुधवार भाजपाको खरसाङ्मा एउटा महकुमा स्तरीय पार्टी कार्यालयको विधिवत्‌‍ उद्घाटन खरसाङस्थित धोबी खोला नजिक सञ्जीव लामाको उपस्थितिमा गरियो। पार्टी कार्यालयको उद्घाटन कार्यक्रममा सञ्जीव लामाको साथमा वरिष्ठ भाजपा नेता मनोज देवान, दार्जीलिङ जिल्ला सचिव सोनम लामा, जिल्ला युवा सचिव विनय प्रसाद साथै खरसाङ महकुमा क्षेत्रका विभिन्न ठाउँबाट आएका पार्टीको मण्डल प्रतिनिधिहरू एवं कार्यकर्ताहरूको उपस्थिति रहेको थियो। पार्टी कार्यालयक उद्घाटनको अवसरमा खरसाङ अनि वरिपरि क्षेत्रका कतिपय मानिसहरू पनि भाजपा पार्टीमा सामेल हुँदै जिल्ला अध्यक्ष सञ्जीव लामाको बाहुलीबाट पार्टीको झण्डा ग्रहण गरे।
यस अवधि सभालाई सम्बोधन गर्दै भाजपा दार्जीलिङ जिल्ला सचिव सोनम लामाले बताए अनुसार, गत धेरै समयदेखि खरसाङ्मा पार्टी कार्यालय थिएन, जसले गर्दा पार्टी कार्यकर्ताहरूलाई केही असुविधा भइरहेको थियो। पार्टीकाा दार्जीलिङ जिल्ला अध्यक्ष सञ्जीव लामाको पहलमा खरसाङ्मा पुन: एउटा महकुमा स्तरीय पार्टी कार्यालयको आज विधिवत्‌‍ उद्घाटन भएको छ। अबउसो महकुमा क्षेत्रमा जे-जति पार्टीका मण्डलहरू रहेकाछन्‌‍, ती सबै मण्डल अनि क्षेत्रका प्रतिनिधिहरूले साथै कार्यकर्ताहरूले पार्टीको कार्य सहित वर्तमानमा चलिरहेको एसआईआर सम्बन्धित जनमानसलाई सहायता पुऱ्याउनुको निम्ति कार्य गर्ने सक्नेछन्‌‍।
आफ्नो सम्बोधनमा जिल्ला अध्यक्ष सञ्जीव लामाले बताए अनुसार, पार्टी गर्नुको उद्देश्य केवल राजनीति अनि एक-अर्कालाई आलोचना गर्नु मात्र होइन, तर भाजपाले जनमानस, समाज, देश प्रति साथै अन्य विभिन्न विषय वस्तुहरूमा रहेको मानिसहरूको दायित्व बोधलाई पनि जगाउने गर्छ । भाजपा पार्टी विश्व भरिमा एउटा सबै भन्दा ठूलो राजनीतिक दल रहेको हो । प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा भाजपाका सबैजना एउटा परिवार स्वरूप हो।
तिनले आरोप लगाउदै यो पनि बताए कि दार्जीलिङ पहाड़मा विभिन्न समस्याहरू रहेको छ। यहाँ केन्द्र सरकारले विभिन्न कोषबाट क्षेत्रको साथै जनमानसको उत्थानको निम्ति करोडैाँं रुपियाँ पठाउने गर्छ, तर भ्रष्टाचारमा लिप्त भएको सत्तारुढ़ दलले यी विभिन्न कोष अनि योजनाहरूको राशिलाई वर्मा लुटाई गर्छ। सत्तामा रहेको यस्ता भ्रष्ट नेतृत्वहरूसित पहाड़को हितमा केही आशा गर्न पनि सकिँदैन। अहिले जे-जति भ्रष्टाचार सत्तारुढ़ दलले गर्दै आइरहेको छ, त्यसको अन्त हुन गइरहेको छ। यसको हिसाब-किताब राज्यमा भाजपाको सरकार आएपछि हुनेछ।
गोर्खा जाति साथै पहाड़वासी दीर्घकालीन मांग छुट्टै राज्य गोर्खाल्याण्डको विषयमा वर्तमानमा अनित थापाले जे कुरो गरिरहेका छन्‌‍, प्रथममा तिनले बताउनु पर्ने हो कि 2022 मा जीटीए सभामा छुट्टै राज्य गोर्खाल्याण्डको प्रस्ताव पारित गरेर केन्द्र अनि राज्य सरकारमा पठाउने जुन कुरो तिनले गरेको थिए, उक्त गोर्खाल्याण्डको प्रस्ताव कहाँ गयो अथवा कुन सिन्टेक्समा राखिएको छ? पहिला त्यसको जवाफ दिनुपर्छ थापाले ।
कलकत्ता उच्च अदालतमा पहाड़मा विगतमा भएको 313 जना शिक्षक नियुक्त प्रक्रिया अवैध रहेको साथै नियुक्तिलाई खारिज गरिएको विषय बोल्दै, लामाले यसको जवाफदेहीता अनित थापाले नै लिन पर्छ । 313 जना शिक्षकहरूमा योग्य शिक्षक पनि हुनसक्छन्‌‍, तर भ्रष्ट नेतृत्वहरूको कारण नै पहाड़मा यस्तो परिस्थिति सृजना भइरहेको छ भने। तिनले यो पनि बताए कि तिनीहरूले अघिदेखि नै अवैध शिक्षक नियुक्तिको प्रक्रियालाई लिएर विरोध गर्दै आइरहेका थिए।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ