सह-शिक्षिका डुक्पा अनि बडाबाबु राईलाई सम्बर्द्धना अनि बिदाई 

Share this news

दार्जीलिङ-सिंगताम,18 दिसम्बर(निसं): सिंगताम उच्चा बिद्यालयका सह शिक्षिका भुट्टी डुक्पा अनि स्कुल बडाबाबु दिनेश राईलाई मंगलबार अवकाशप्राप्त सिंगताम विद्यालयले सम्बर्द्धना साथै बिदाई कार्यक्रमको आयोजना गरे। सह-शिक्षिका मातृ स्नेह राईले संञ्चालन गरेको कार्यक्रममा स्कुलका प्रधान अध्यापक रामनाथ बालमिकीको सभापतित्वमा भव्यसाथ बिदाई कार्यक्रम सम्पन्न गरियो।
विगत 1987 सालमा स्थापित सिंगताम उच्चा बिद्यालय निर्माण भएपछि 1989 सालको अन्तदेखि शिक्षिका भुट्टी डुक्पाले सिंगताम उच्च विद्यालयमा आफ्नो शिक्षण पेशा सुरू गरेका हुन। तत्कालीन समयमा नेपाली माध्यममा संञ्चालन भएको सिंगताम निम्न माध्यामिक बिद्यालयमा इतिहास विषय पढाउन भुट्टी डुक्पा सिंगताम आएका हुन। विगत 1986 सालमा गोर्खाल्याण्ड आन्दोलनले पीडित बनेका सिंगतामवासीका 3 सयभन्दा अधिक छात्रछात्राहरूले यहाँ पठन पाठन गर्थे।
तत्कालीन समयदेखि आजसम्म नेपाली माध्यमदेखि  अंग्रेजी माध्यममा निम्न उच्च विद्यालयदेखि सिंगताम उच्च विद्यालयको बडोत्तरी हुदैँ भुट्टी डुक्पाले 36 वर्षसम्म लामो सिंगतामका नानीहरूलाई शिक्षा दिए वापत आज अवकाश प्राप्त गरे।  गत वर्ष 2024 सालको दिसम्बर महिनामानै उनले अवकाश प्राप्त गरेका हुन भने आज विद्यालयले उनलाई सम्मान गरेकोछ। कार्यक्रममा उनले भनिन्, लख्खा जवानीको साथ म सिंगताम आए यति लामो वर्षमा मैले यहाँ विद्यार्थीहरु मात्र चिनिन प्रत्येक विद्यार्थीहरुको अभिभावक सँग मेरो आत्मीयता छ। यहाँको बाटोको छेउको चियाको गाँछसँग युद्ध गरिरहने मेरो विद्यार्थीहरुको माता-पितासँग मेरो आत्मियता गाँसिएकोछ।  म सबै प्रति मेरो माया-ममता अज उप्रान्त अजम्मरी रहिरहने छ।  यसरी नै अर्का सम्मानित अशिक्षण शिक्षक दिनेश राईलाई पनि विद्यालयले सम्मान जनाए। दुवै  व्यक्तित्वलाई सम्बर्द्धना-पत्र अनि स्मृति चिन्ह उपहारले सम्मान साथ बिदाई कार्यक्रम गरिएको थियो।
विद्यालयका प्रधान अध्यापक  रामनाथ बाल्मिकीले आफ्नो सम्बोधनमा भने, आज परिवारको दुई सदस्य नियम बमोजिम हामीदेखि छुट्टी रहेका छन्।  यतिलामो यात्रा हामीलेसँगै गर्‍यौ, आज हामीले यो सानो कार्यक्रमले यो दुःखको क्षणलाई सुख बनाउने प्रयास गरेका हौ। मेरा दुई सहकर्मीहरूलाई अवकाश पछिको जिवन उज्जवल र सुखमय बितोस भनी कामना गर्दछु।  यसै क्रममा भुतपुर्व विद्यार्थी साथै स्कुल संञ्चालन समितिका सचिव दिवस राईले पनि दुवै सम्मानित शिक्षकहरूलाई सम्बर्द्धना-पत्रले सम्मान गरे। आफूले अध्यान गरेको अमूल्य क्षणपनि प्रस्तुत गरे। यसैक्रमाम भुतपुर्ब छात्र धनराज घिसिङले पनि दोसल्ला र नेपाली टोपी पहिराएर दुवै शिक्षक अनि शिक्षिकाको शिर उच्च पार्ने कार्य गरे। अन्यथा भुपू बिद्यार्थीहरुमा आरती, स्वीटि, श्रेय, लगायत अन्याको उपस्थिती रहेको थियो साथै विद्यालयका सह-शिक्षक बिकास राईले स्वागत भाषण रहेको थियो भने सत्कार जिबी योञ्जनको धन्यवाद शब्दले कार्यक्रमको अन्त भएको थियो।

Share this news
आजको रोजाइ
अवैध ‘चयन समिति’कालाई चिन्हित गरी कानूनी कार्वाही गर्नपर्छ

अवैध ‘चयन समिति’कालाई चिन्हित गरी कानूनी कार्वाही गर्नपर्छ

सरकारी जुनियर हाई स्कूल, मम्लेको स्वर्ण जयन्तीको उद्घाटन

सरकारी जुनियर हाई स्कूल, मम्लेको स्वर्ण जयन्तीको उद्घाटन

शीतकालीन मेलाको समष्टि अध्यक्ष भानु सुब्बाद्वारा उद्घाटन

शीतकालीन मेलाको समष्टि अध्यक्ष भानु सुब्बाद्वारा उद्घाटन

अप्पर पचेङ ग्राम कल्याण समूहद्वारा अग्नि पीड़ित परिवारलाई सहयोग

अप्पर पचेङ ग्राम कल्याण समूहद्वारा अग्नि पीड़ित परिवारलाई सहयोग

प्राणी सम्पदा विकास विभाग र खरसाङ पञ्चायत समितिको तर्फबाट कुखुराको चल्ला वितरण

प्राणी सम्पदा विकास विभाग र खरसाङ पञ्चायत समितिको तर्फबाट कुखुराको चल्ला वितरण

313 शिक्षकको बारेमा अनित थापा जवाफदेही- सञ्जीव लामा

313 शिक्षकको बारेमा अनित थापा जवाफदेही- सञ्जीव लामा

अल्पसङ्ख्यक मामिला विभाग कार्यालय उद्घाटन

अल्पसङ्ख्यक मामिला विभाग कार्यालय उद्घाटन

खम्बु राई कल्याण समिति डुमारामद्वारा उँधौली पर्व साकेला मनाइयो

खम्बु राई कल्याण समिति डुमारामद्वारा उँधौली पर्व साकेला मनाइयो

बस-बालिकाहरूको निम्ति म्याथन दौढ़ आगामी 28 दिसम्बरमा

बस-बालिकाहरूको निम्ति म्याथन दौढ़ आगामी 28 दिसम्बरमा

सांसद विष्टले 313 प्रति जनाए सहानुभुति

सांसद विष्टले 313 प्रति जनाए सहानुभुति

आजको रोजाइ