धारा 356 लागू गर्नुपर्ने सांसदको साहसी आवाज हो : प्रवक्ता नहकुल छेत्री

Share this news

दार्जीलिङ,18 दिसम्बर(निसं): भारतको सर्वोच्च मञ्च संसदको शीतकालीन अधिवेशनमा उभिएर दार्जीलिङ पहाड, तराई र डुवर्सका जनताको दीर्घकालीन पीडा, अधिकार र उपेक्षाहरूलाई निर्भिकताका साथ मुखरित गरिएकोमा दार्जीलिङ लोकसभा सांसद राजु विष्टप्रति भारतीय जनता पार्टी, दार्जीलिङ जिल्लाको तर्फबाट हार्दिक धन्यवाद एवम् कृतज्ञता प्रकट गरेको भारतीय जनता पार्टी(भाजपा) दार्जीलिङ जिल्ला प्रवक्ता नहकुल छेत्रीले बताएका छन्।
भारतीय जनता पार्टी(भाजपा) दार्जीलिङ जिल्ला प्रवक्ता नहकुल छेत्रीले बताए अनुसार, वर्षौंदेखि उपेक्षा, शोषण र असमान व्यवहारको सिकार बन्दै आएको दार्जीलिङ क्षेत्रको वास्तविक अवस्थाप्रति संसदको ध्यान आकर्षित गराउँदै, राज्य सरकारद्वारा केन्द्रका कानुन तथा संवैधानिक मर्यादाहरूको अवहेलना भइरहेको गम्भीर विषय उठाउनु सांसदको संवैधानिक प्रतिबद्धता र जनप्रतिनिधिको उत्तरदायित्वको उत्कृष्ट उदाहरण हो ।
राज्य सरकारको असहयोगका कारण केन्द्रीय योजनाहरू जनताले उपभोग गर्न नपाउँदा यहाँका नागरिकहरू आधारभूत विकास र कल्याणका अवसरहरूबाट वञ्चित हुनपरेको यथार्थलाई स्पष्ट रूपमा प्रस्तुत गर्नु ऐतिहासिक कदम हो।
छेत्रीले अघि भनेका छन् , संविधानको धारा 356 लागू गर्नुपर्ने आवश्यक्तामाथि सांसदले उठाएको प्रश्न कुनै राजनीतिक आग्रह मात्र नभई, संविधान, संघीय संरचना र आम जनताको हितको रक्षा गर्ने साहसी आवाज हो । यसले राज्यमा विद्यमान प्रशासनिक अराजकता र संवैधानिक असन्तुलनतर्फ गम्भीर रूपमा सोच्न बाध्य बनाएको छ।सांसदले संसदमा बोलेका शब्दहरू केवल भाषण नभई, दशकौँदेखि दबिएका आवाजहरूको प्रतिध्वनि हो। उनको यो दृड पहलले दार्जीलिङवासीलाई निश्चय नै न्याय दिनेछ अनि लोकतन्त्रलाई अझ सबल बनाउनेछ।

Share this news
आजको रोजाइ
अवैध ‘चयन समिति’कालाई चिन्हित गरी कानूनी कार्वाही गर्नपर्छ

अवैध ‘चयन समिति’कालाई चिन्हित गरी कानूनी कार्वाही गर्नपर्छ

सरकारी जुनियर हाई स्कूल, मम्लेको स्वर्ण जयन्तीको उद्घाटन

सरकारी जुनियर हाई स्कूल, मम्लेको स्वर्ण जयन्तीको उद्घाटन

शीतकालीन मेलाको समष्टि अध्यक्ष भानु सुब्बाद्वारा उद्घाटन

शीतकालीन मेलाको समष्टि अध्यक्ष भानु सुब्बाद्वारा उद्घाटन

अप्पर पचेङ ग्राम कल्याण समूहद्वारा अग्नि पीड़ित परिवारलाई सहयोग

अप्पर पचेङ ग्राम कल्याण समूहद्वारा अग्नि पीड़ित परिवारलाई सहयोग

प्राणी सम्पदा विकास विभाग र खरसाङ पञ्चायत समितिको तर्फबाट कुखुराको चल्ला वितरण

प्राणी सम्पदा विकास विभाग र खरसाङ पञ्चायत समितिको तर्फबाट कुखुराको चल्ला वितरण

313 शिक्षकको बारेमा अनित थापा जवाफदेही- सञ्जीव लामा

313 शिक्षकको बारेमा अनित थापा जवाफदेही- सञ्जीव लामा

अल्पसङ्ख्यक मामिला विभाग कार्यालय उद्घाटन

अल्पसङ्ख्यक मामिला विभाग कार्यालय उद्घाटन

खम्बु राई कल्याण समिति डुमारामद्वारा उँधौली पर्व साकेला मनाइयो

खम्बु राई कल्याण समिति डुमारामद्वारा उँधौली पर्व साकेला मनाइयो

बस-बालिकाहरूको निम्ति म्याथन दौढ़ आगामी 28 दिसम्बरमा

बस-बालिकाहरूको निम्ति म्याथन दौढ़ आगामी 28 दिसम्बरमा

सांसद विष्टले 313 प्रति जनाए सहानुभुति

सांसद विष्टले 313 प्रति जनाए सहानुभुति

आजको रोजाइ