प्राणी सम्पदा विकास विभाग र खरसाङ पञ्चायत समितिको तर्फबाट कुखुराको चल्ला वितरण

Share this news

तीनधारे, (निसं): प्राणी सम्पदा विकास विभाग खरसाङ र खरसाङ पञ्चायत समितिको तर्फबाट महानदी ग्राम पञ्चायत अन्तर्गत जंगपाना, गिताङ्गे, सिविटार, बाघमारा क्षेत्रमा कुखुराको चल्लाहरु वितरण गरिएको छ। महानदी ग्राम पञ्चायतको पञ्चायत समिति सदस्य कुसाङ लामाको पहलमा यस क्षेत्रमा जम्मा 250 जना लाभार्थीहरुलाई प्राणी सम्पदा विकास विभाग र खरसाङ पञ्चायत समितिको तर्फबाट उन्नत प्रजातिको कुखुराको चल्लाहरु वितरण गरिएको छ।

महानदी ग्राम पञ्चायत अन्तर्गत पञ्चायत समिति सदस्य कुसाङ लामाको क्षेत्रमा कुखुराको चल्लाहरु वितरण गरिएको छ। यस अवसरमा पञ्चायत समिति सदस्य कुसाङ लामा, पञ्चायत सदस्यहरु, प्राणी सम्पदा विकास विभागको कर्मचारीहरु, प्राणी मित्र लगायत अन्यहरु उपस्थित रहेका थिए।

यस विषयमा पत्रकारहरुसित कुराकानी गर्दै पञ्चायत समिति सदस्य कुसाङ लामाले प्राणी सम्पदा विकास विभाग खरसाङ र खरसाङ पञ्चायत समितिको तर्फबाट महानदी ग्राम पञ्चायत अन्तर्गत जंगपाना, गिताङ्गे, सिविटार र बाघमारा क्षेत्रमा 250 जना लाभार्थीहरुलाई कुखुराको चल्लाहरु वितरण गरिएको जानकारी गराएका छन्‌‍। उनले यसको लागि खरसाङ पञ्चायत समितिको सभापति अनु छेत्री र विभागीय अधिकारीहरुलाई धन्यवाद दिएका छन्‌‍। उनले वितरण गरिएको कुखुराको चल्लाहरु राम्रोसितले पालनमार्फत्‌‍ जीविकोपार्जनमा सहयोग गर्ने आशा व्यक्त गरेका छन्‌‍।


Share this news
आजको रोजाइ
अवैध ‘चयन समिति’कालाई चिन्हित गरी कानूनी कार्वाही गर्नपर्छ

अवैध ‘चयन समिति’कालाई चिन्हित गरी कानूनी कार्वाही गर्नपर्छ

सरकारी जुनियर हाई स्कूल, मम्लेको स्वर्ण जयन्तीको उद्घाटन

सरकारी जुनियर हाई स्कूल, मम्लेको स्वर्ण जयन्तीको उद्घाटन

शीतकालीन मेलाको समष्टि अध्यक्ष भानु सुब्बाद्वारा उद्घाटन

शीतकालीन मेलाको समष्टि अध्यक्ष भानु सुब्बाद्वारा उद्घाटन

अप्पर पचेङ ग्राम कल्याण समूहद्वारा अग्नि पीड़ित परिवारलाई सहयोग

अप्पर पचेङ ग्राम कल्याण समूहद्वारा अग्नि पीड़ित परिवारलाई सहयोग

प्राणी सम्पदा विकास विभाग र खरसाङ पञ्चायत समितिको तर्फबाट कुखुराको चल्ला वितरण

प्राणी सम्पदा विकास विभाग र खरसाङ पञ्चायत समितिको तर्फबाट कुखुराको चल्ला वितरण

313 शिक्षकको बारेमा अनित थापा जवाफदेही- सञ्जीव लामा

313 शिक्षकको बारेमा अनित थापा जवाफदेही- सञ्जीव लामा

अल्पसङ्ख्यक मामिला विभाग कार्यालय उद्घाटन

अल्पसङ्ख्यक मामिला विभाग कार्यालय उद्घाटन

खम्बु राई कल्याण समिति डुमारामद्वारा उँधौली पर्व साकेला मनाइयो

खम्बु राई कल्याण समिति डुमारामद्वारा उँधौली पर्व साकेला मनाइयो

बस-बालिकाहरूको निम्ति म्याथन दौढ़ आगामी 28 दिसम्बरमा

बस-बालिकाहरूको निम्ति म्याथन दौढ़ आगामी 28 दिसम्बरमा

सांसद विष्टले 313 प्रति जनाए सहानुभुति

सांसद विष्टले 313 प्रति जनाए सहानुभुति

आजको रोजाइ