रेलिङ, 24 दिसम्बर (निसं): रेलिङमा नि:शुल्क स्वास्थ्य जाँच शिविरको आयोजना गरिएको छ। आज रेलिङ युनाइटेड एसोसिएशन-को मुख्य आयोजनामा तथा कालेबुङ दृष्टि फाउन्डेसनको सहयोगमा नि:शुल्क रूपमा स्वस्थ्य जाँच शिविर सम्पन्न गरियो। स्थानीय रेलिङ निम्न बुनियादी पाठशाला भवनमा भएको शिविरमा कालेबुङ दृष्टि फाउण्डेशन सभापति डा अब्दुल हक , सचिव कल्पना छेत्री, जनरल फिजिशियन एमडी डा. डीके ब्यानर्जी, ल्याब टेक्नीशियन वाशिम अकरम , सदस्य मोहम्मद कमरूद्दीन आदिको विशेष उपस्थिति रहेको थियोे ।
आजको शिविरमा आँखाका रोगीहरूले नि:शुल्क रूपमा आँखा जचाँए भने आवश्यक परेकाहरूले डाक्टरको परामर्श अनुसार शुलभ मुल्यमा चस्मा पनि लिएका छन। यसका साथै जनरल फिजिशियन डक्टारद्वारा रोगीहरूको रोग जाँच गरेर नि:शुल्क रूपमा दवाई प्रदान गरियो भने ल्याप टेक्नीशियन वाशिम अकरमद्वारा अत्याधुनिक मसिनको सहयोगमा शरीरमा भएका रोगीहरूको रोग हटाउन थेरेपी पनि गरियो । जसमा रक्त परीक्षण, सुगर परीक्षण, आँखा, हड्डी सम्बन्धि आदिको विशेष रूपमा परीक्षण गरिएको निशुल्क जाँच शिविरको फायदा धेरै जनसाधारणहरूले उठाएको जानकारी आयोजक समितिले दिएको छ।












