दुधे-पानीघट्टा माझको सड़क जीर्ण अवस्थामा

Share this news

पङ्खाबारी, (निसं)ः धेरै समयदेखि दुधे-पानीघट्टा माझको सड़क जीर्ण बनेपछि यहाँबाट यातायात गर्ने मानिसहरूलाई निक्कै असुविधा भइरहेको छ। विशेषगरी वर्खाको समयमा भत्किएको सड़कहरूको आजसम्म मर्मति नभएकोले पनि यस सडक भएर यातायात गर्ने गाड़ी-मोटर तथा मानिसहरूलाई धेर असुविधा भएको देखिएको छ। सड़कको अवस्था अहिले धेरै ठाउँहरूमा दयनीय बनेको छ। सडकमा ओछ्याइएका अलकत्राहरू उप्किएको छ भने केही ठाउँहरूमा भित्ताका पर्खालहरू पनि भत्किएका छन्‌‍ जसले गर्दा यस स्थानमा गाड़ी कुदाउन चालकहरूलाई निक्कै असुविधा हुन्छ।

गत 4 अक्टोबरमा आएको विनाशकारी पैह्रोले रोहिणी रोडलाई बन्द गरिदिएपछि अहिले यी सड़कहरू धेरै व्यस्त बनेको छ। त्यहीमाथि यो सडक भएर बागडोग्रा हावाई अड्डाबाट सोझै खरसाङ, दार्जीलिङ, मिरिक आदितिर जानको निम्ति अत्यन्तै सुविधा अनि छिटो भएकोले पनि यो सडक अतिनै व्यस्त छ। एकप्रकारले यो सड़क पहाड़ अनि तराइको एक जीवनरेखा नै बनेको छ। त्यसर्थ यस सड़कलाई अझ व्यवस्थित र सुन्दर ढङ्गले निर्माण गरिए यसबाट पहाड़ अनि तराइको मानिसहरू लगायत छिमेकी देश नेपालका समेत मानिसहरूले धेरै सुविधा र लाभ प्राप्त गर्न सक्ने थिए, कारण छिमेकी देश नेपाल पनि यसै मार्ग भएर जान मानिसहरूलाई निक्कै छिटो अनि सुविधा हुन्छ। यस दुधे-पानीघट्टा मार्गले मानिसहरूलाई यातायातमा मात्र नभएर व्यापार- वाणिज्यमा पनि धेरै सहयोग प्रदान गरेको छ। त्यसर्थ यसैलाई मध्यनजर राखेर पनि सम्बन्धित विभागले सड़कको चाडो मरम्मती गरिदिए मानिसहरूले सुविधा प्राप्त गर्न सक्ने थिए भन्ने भनाइ स्थानीयहरूको छ।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ