स्प्रिङडेल एकाडेमीको वार्षिक पुरस्कार वितरण अनि सम्मान कार्यक्रम

Share this news

तीनधारे, (निसं): तीनधारे महानदी समष्टिको सिविटार चियाबारीमा रहेको स्प्रिङडेल एकाडेमीको वार्षिक पुरस्कार वितरण समारोह साथै सम्मान कार्यक्रम सम्पन्न भएको छ। उक्त कार्यक्रमको अध्यक्षता स्कूलका प्राचार्य शरणकुमार राईले गरेका थिए भने प्रमुख अतिथिको रुपमा पूर्व प्रधान अध्यापक, पूर्व पञ्चायत प्रधान एंव महानदी सिविटार वरिष्ठ नागरिक कल्याण समाजको मुख्य सल्लाहकार जुध्द शमशेर छेत्री उपस्थित रहेका थिए। शिक्षिकाद्वय ईशा राई र सुनिति घिसिङले सञ्चालन गरेको कार्यक्रममा स्कूलको वार्षिक प्रतिवेदन र विवरण प्राचार्य शरणकुमार राईले राखेका थिए।

कार्यक्रममा विद्यार्थीहरुले सामुहिक गीतहरु प्रस्तुत गरेका थिए। यसै कार्यक्रममा स्कूलका प्रि नर्सरीदेखि चौथो श्रेणीसम्मका विद्यार्थीहरुलाई शैक्षिक सत्र 2025 को वार्षिक परीक्षाको परिणाम र पारितोषिकहरु वितरण गरियो। उक्त वितरण कार्यक्रमको विशिष्ठ अतिथिहरु क्रमैले वरिष्ठ नागरिकहरु शमशेर छेत्री, जगनाथ छेत्री, दुर्गाप्रसाद तामाङ र पूर्व शिक्षक हनोक थापा र पूर्व शिक्षिका अमृता राईको बाहुलीबाट गरिएको छ। यसको साथै विभिन्न प्रतियोगितामूलक कार्यक्रममा प्रथम, दोस्रो र तेस्रो हुने विद्यार्थीहरूलाई पनि पारितोषिक वितरण गरिएको छ।

यसै क्रममा स्कूलमा वर्षभरि नियमित स्कूल आउने विद्यार्थी अभियोग राईलाई पनि पुरस्कृत गरिएको छ। यसको साथै चौथो श्रेणीबाट पास आउट भएर गएका तीनजना विद्यार्थीहरु क्रमैले सुमन छेत्री, संस्कृति छेत्री र अनिकेत छेत्रीलाई सम्मान पत्र प्रदान गरेर सम्मानसहित बिदाई दिइएको छ। यसै कार्यक्रममा स्प्रिङडेल एकाडेमीको पूर्व शिक्षिका अमृता राई, पूर्व शिक्षकद्वय असीत राई र हनोक थापालाई सम्मान पत्र र शल ओढाएर सम्मान जनाइएको छ। कार्यक्रममा उपस्थित प्रमुख अतिथि र विशिष्ट अतिथिहरुलाई पनि स्कूलको पक्षबाट सम्मान जनाइएको छ।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा उपस्थित पूर्व प्रधान अध्यापक, पूर्व पञ्चायत प्रधान एंव महानदी सिविटार वरिष्ठ नागरिक कल्याण समाजको मुख्य सल्लाहकार जुध्द शमशेर छेत्रीले आफ्नो सम्बोधनमा आज यस स्कूलको वार्षिक कार्यक्रममा चार पुस्ता भेला भएको बताउँदै स्कूलको वार्षिक परिणाम उत्कृष्ट रहेको बताएका छन्‌‍। उनले यो गाउँको स्कूल भएकोले हामी सबै गाउँलेहरुले यसको संरक्षण गर्नु आवश्यक रहेको र सबैले आफ्नो नानीहरु यहाँ पढ़ाउन आह्वान्‌‍ गरेका छन्‌‍। उनले नानीहरुले सानैदेखि हरेक कुरामा ध्यान दिनु आवश्यक रहेको पनि बताएका छन्‌‍।

यस कार्यक्रम विषयमा पत्रकारहरुसित कुराकानी गर्दै प्राचार्य शरणकुमार राईले 2010 मा स्थापना भएको यस विद्यालयले अहिलेसम्म राम्रो रेकर्ड राखेको बताए। उनले आज स्कूलको सोह्रौं वार्षिक पारितोषिक वितरण कार्यक्रम रहेको बताउँदै यस स्कूलको पूर्व विद्यार्थीहरुले अहिले कलेज स्तरमा राम्रो परिणाम प्राप्त गरिरहेको पनि बताएका छन्‌‍। उनले कार्यक्रममा उपस्थित सबैलाई धन्यवाद दिएका छन्‌‍।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ