Drought and food shortages are worsening the humanitarian crisis in Somalia.
Drought and food shortages are worsening the humanitarian crisis in Somalia.

सोमालियामा खडेरी र खाद्यान्न अभावले मानवीय संकट चुलिँदै

Share this news

खाद्यान्न अभावले मानवीय संकट चुलिँदै गएको छ। पानीको स्रोत सुक्दै जाँदा र खानेकुरा दुर्लभ बन्दै जाँदा करिब ४ लाख ८७ हजार मानिस प्रत्यक्ष रूपमा प्रभावित भएका छन्, जुन देशको कुल जनसंख्याको झण्डै एक चौथाइ हिस्सा हो।

संयुक्त राष्ट्रसंघसँग आबद्ध मानवीय संस्थाहरूका अनुसार सेप्टेम्बरदेखि दिसम्बरसम्मको अवधिमा कम्तीमा एक लाख २० हजार मानिस आफ्ना घर छोड्न वाध्य भएका छन्। पानीको मूल्य आकाशिँदै गएको, खाद्यान्न सहज रूपमा नपाइने अवस्था सिर्जना भएको, पशुपन्छी मर्न थालेको र दैनिक जीविकोपार्जन नै जोखिममा परेको संयुक्त राष्ट्रसंघका प्रवक्ता स्टेफाने दुजारिकले जानकारी दिएका छन्। यस संकटको असर शिक्षा क्षेत्रमा पनि गम्भीर देखिएको छ। देशभर ७५ हजारभन्दा बढी विद्यार्थी आर्थिक अभाव र असुरक्षित अवस्थाका कारण विद्यालय जान छाड्नुपरेको छ।
आगामी जनवरीदेखि मार्चसम्म रहने सुख्खा मौसमले समस्या झनै जटिल बन्ने अनुमान गरिएको छ । पानीको अभाव अझ बढ्ने, पशुपन्छीको मृत्युदर उच्च हुने र यसले खाद्य सुरक्षामा थप दबाब सिर्जना गर्ने चेतावनी दिइएको छ।
यसैबीच, संयुक्त राष्ट्रसंघ र उसका मानवीय साझेदारहरूले पानी, खाद्य सहायता, पोषण, स्वास्थ्य सेवा र अस्थायी आश्रय उपलब्ध गराउन आपतकालीन प्रयास तीब्र पारेिएको छ। नोभेम्बरको अन्त्यतिर संयुक्त राष्ट्रसंघीय आपतकालीन कोषबाट १० लाख अमेरिकी डलर छुट्याइएको भए पनि वर्तमान अवस्थालाई सामना गर्न अझ ठूलो र तत्काल सहयोग आवश्यक रहेको दुजारिकले बताएका छन्।

Share this news
आजको रोजाइ
विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

अवैध पार्किङविरुद्ध अपर सिरिङ गाउँका युवाहरूको गुनासो

अवैध पार्किङविरुद्ध अपर सिरिङ गाउँका युवाहरूको गुनासो

आजको रोजाइ