जोगेन्द्र प्रसाद अनि पंकज गुप्तलाई सम्मान जनाइयो

Share this news

खरसाङ, (निसं): खरसाङ व्यवसायिक सङ्गठनले भारत स्काउट्स अनि गाइड्सका दार्जीलिङ जिल्ला आयुक्त अनि मानव अधिकार एसोसिएशन पश्चिम बंगाल राज्यका महासचिव एवं अधिवक्ता पंकज गुप्तालाई सम्मान जनाएको छ। खरसाङ्को मोहपल होटलमा आइतवार राति सम्पन्न भएको यस कार्यक्रममा यी दुई विशिष्ट व्यक्तिहरूलाई सम्मान जनाइएको हो।

खरसाङ व्यवसायिक सङ्गठनका अध्यक्ष फिरोज अखतरको अध्यक्षता अनि कार्यकारिणी समिति सदस्य हिरेन त्रिखत्रीको सञ्चालनमा सम्पन्न भएको यस कार्यक्रममा खरसाङ नगरपालिका प्रशासनिक बोर्डका अध्यक्ष वृगेन गरुङ, उपाध्यक्ष सुवास प्रधान, बडिबिल्डिङ्का अन्तर्राष्ट्रि निर्णायक सञ्जय छेत्री, गोर्खा जनपुस्तकालयका उपाध्यक्ष प्रकाश प्रधान, सचिव विनोद रसाइली, खरसाङ फुटबल एसोसिएशनका सचिव सुदीप राई अनि अन्यान्य सङ्घ-संस्थाका प्रतिनिधि अनि विशिष्ट व्यसायिक व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। सम्मानित दुई विशिष्ट व्यक्तिहरूलाई खदा लगाएर, अङ्गवस्त्र ओड़ाएर, स्मृति चिन्ह र सम्मान पत्र प्रदान गरी सम्मान जनाइएको थियो।

कार्यक्रममा नगरपालिका अध्यक्ष वृगेन गुरुङले जोगेन्द्र प्रसाद अनि पंकज गुप्ताले हासिल गरेका उपलब्धिले खरसाङलाई गौरववान्वित बनाएको बताए। खरसाङ व्यसायिक सङ्गठनका अध्यक्ष फिरोज अखतरले खरसाङ्का चिर परिचित जोगेन्द्र प्रसादले केही दिन अघि भारत स्काउट्स अनि गाइड्सको गौरवपूर्ण सम्मान सिल्भर इलेफेन्ट प्राप्त गरेकाले खरसाङवासी साथै खरसाङ व्यसायिक सङ्गठनका सदस्य रहनुको नाताले तिनको यस गौरवशाली उपलब्धिमा तिनलाई सम्मान जनाउनु सङ्गठनको कर्तव्य रहेको बताए। तिनले अधिवक्ता पंकज गुप्ताले केही समय यता मानव अधिकार एसोसिएशनमा संलग्न रहेर मानव अधिकारको संरक्षणको निम्ति कार्य गरिरहेको बताउदै आफ्नो कार्य र योग्यताको आधारमा तिनी वर्तमानमा पश्चिम बंगाल राज्य समितिको महासचिवको पदमा पुगेकोले यो गौरवशाली उपलब्धिको निम्ति सम्मान जनाइएको हो भनी बताए।

कार्यक्रममा स्वागत वक्तव्य व्यवसायिक सङ्गठनका सचिव राजु अग्रवालले राखेका थिए भने धन्यवाद ज्ञापन अध्यक्ष फिरोज अखतरले गरेका थिए। कार्यक्रममा जोगेन्द्र प्रसाद अनि पंकज अग्रवालले आ-आफ्नो उपलब्धिका अनुभवहरू साझ गर्दै सम्मान जनाइएकोमा धन्यवाद दिए।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ