हाम्रो गाउँ हाम्रो समाधान मार्फत स्ट्रिट लाइट लगाउने कार्य शुरु

Share this news

तीनधारे, (निसं): खरसाङ खण्ड अन्तर्गत घैयाबारी ग्राम पञ्चायत तीनको बुथ नम्बर 257 मा हाम्रो गाउँ हाम्रो समाधान मार्फत स्ट्रिट लाइट लगाउने कार्य शुरु भएको छ। राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीले घोषणा गरेकी हाम्रो गाउँ हाम्रो समाधानमार्फत्‌‍? प्रत्येक बुथमा 10 लाख बराबरको विभिन्न विकासमूलक कार्यहरु भईरहेको छ। यसै अन्तर्गत घैयाबारी ग्राम पञ्चायत तीनको बुथ नम्बर 257 को लोवर गैरी गाउँ र उदय संघ गाउँमा स्ट्रिट लाइट लगाउने कार्य शुरु गरिएको छ। उक्त कार्यमा घैयाबारी ग्राम पञ्चायत तीनको पञ्चायत प्रधान सुष्मा वाईबा, उप प्रधान केवल राई, 257 बुथको सभापति नरेन राई लगायत अन्यहरु उपस्थित रहेका थिए। यस कार्य अन्तर्गत लोवर गैरी गाउँ र उदय संघमा नै स्ट्रिट लाइट लगाउने कार्य सम्पन्न गरिने भएको छ।

हाम्रो गाउँ हाम्रो समाधान अन्तर्गत स्ट्रिट लाइटु लगाउने कार्य शुरु भएको विषयमा पत्रकारहरुसित कुराकानी गर्दै भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा तीनधारे महानदी समष्टिको प्रवक्ता बिपन विश्वकर्म, 257 बुथको सभापति नरेन राई र घैयाबारी ग्राम पञ्चायत तीनको पञ्चायत प्रधान सुष्मा वाईबाले विस्तृत रुपमा जानकारी गराएका छन्‌‍। तीनजनाले राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीले घोषणा गरे अनुसार प्रत्येक बुथमा हाम्रो गाउँ हाम्रो समाधान अन्तर्गत 10 लाख रुपियाँको विकासको कार्य भईरहेको र यसै अन्तर्गत घैयाबारी ग्राम पञ्चायत तीनको लोवर गैरी गाउँ र उदय संघमा स्ट्रिट लाइट लगाउने कार्य शुरु गरिएको जानकारी गराएका छन्‌‍।

तीनैजनाले राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीले घोषणा गरे अनुसार हाम्रो गाउँ हाम्रो समाधान अन्तर्गत गाउँमा स्ट्रिट लाइट लगाउने कार्य शुरु गरिएको र यसको लागि राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जी, जीटीए प्रमुख अनित थापा र घैयाबारी ग्राम पञ्चायत तीनप्रति गाउँलेहरुको पक्षबाट आभार प्रकट गरेका छन्‌‍।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ