ङ्भ्यू चियाबारीका श्रमिकहरूले गत तीन महिनादेखि दैनिक हाजिरा र वेतन दिइएको छैन

Share this news

पङ्खाबारी, (निसं): खरसाङ खण्ड अन्तर्गत लङ्भ्यू चियाबारीका श्रमिकहरूले गत तीन महिनादेखि फेरि दैनिक हाजिरा र वेतन नपाएको जानकारी प्राप्त भएको छ। यसलाई लिएर हिल प्लाण्टेशन लेबर युनियनले असन्तुष्टि व्यक्त गरेको छ।

यसबारे जानकारी गराउँदै सङ्गठनको पक्षबाट शाखा सभापति विन्ध्या थापाले क्रिसमस पर्व अर्थात्‌‍ बड़ा दशैँको तीन दिन मात्र बाँकी रहेको तर लङ्भ्यू चिया बगानका भने श्रमिकहरूले गत तीन महिनाको हाजिरा समेत नपाएको तथा स्टाफहरूले गत 6 महिनाको वेतन नपाएको बताएकी छन्‌‍। थापाले जनाए अनुसार बारम्बार बैठक र सम्झौता पछि पनि लङभ्यू चिया बगान मालिक गोविन्द गर्गको हैकमवाद जारी छ। बगान मालिक गर्गले प्रबन्धक एपी सिंह मार्फत लङ्भ्यू चिया बगानका श्रमिकहरूलाई वेतन र ज्याला विहीन काममा खटाइ रहेका छन्‌‍। श्रमिक भवनमा बारम्बार ज्याला र वेतनबारे बैठक हुँदा श्रम विभागका अधिकारीहरूले ज्याला वेतन नियमित रूपमा दिनु पर्ने आदेश जारी गर्दा पनि बगान मालिक गोविन्द गर्गले आफ्नो हैकमवाद जारी राखेका छन्‌‍

। विशेष लङभ्यू चिया बगानको तीन नम्बर अनि प्लेन लाइनका अधिकांश श्रमिक परिवारहरू इसाई धर्ममा विश्वास राख्छन्‌‍। 25 दिसम्बर उनीहरूको निम्ति महत्त्वपूर्ण पर्व हो। तर विगत 6 महिनादेखि उनीहरूले वेतन पाएका छैनन्‌‍। मालिकले तीन महिनादेखि ज्याला नदिएकोले तिनीहरूले राम्रोसँग चाढ़ मनाउन पनि नपाउने स्थिति आएको बताएकी छन्‌‍। लङ्भ्यूको स्थितिबारे हिल प्लाण्टेसन इम्प्लोइज युनियन लङभ्यू शाखाले लगातार रूपमा आवाज उठाइरहेको दावी गर्दै थापाले सोमवार पनि युनियन अध्यक्ष विन्ध्या थापाको नेतृत्वमा युनियन प्रतिनिधि साथै कार्यकर्ताहरूले बगान कार्यालय पुगेका थिए भनी जनाउँदै तर प्रबन्धक कार्यालयमा उपस्थित नरहेको बताएकी छन्‌‍। थापाले 25 दिसम्बर अघि नै श्रमिकहरूलाई उनीहरूको हाजिरा र वेतन दिनु पर्ने माग गर्दै यस विषयमा एलसी खरसाङले हस्तक्षेप गर्नु पर्ने बताएकी छन्‌‍।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ