मंगलबार शिविरको दोस्रो दिन पनि मानिसहरुको भीड़ रहेकोछ। बुधबार शिविरको अन्तिम दिन भनिए तापनि मानिसहरूको सुविधालाई हेरेर शिविरको अवधि बडाउन सकिने तकड़ाह पोस्ट अफिसका एसपीएम नीमा योञ्जनले जनाएका छन्।भारतीय डाक विभागद्वारा आयोजना गरिएको यो आधार लिङ्क शिविरमा आम मानिसहरुको हितार्थ भारतीय डाकद्वारा भविष्य निधि, बीमा पलिसी, जमा पलिसी आदिबारे जानकारी गराइनुका साथै बीमा पनि गराइएको छ। यसबारे आईपीपीबी कालेबुङका प्रबन्धक केसाङ्ग ल्हमु शेर्पाले जनाएकी छिन्। यता तकड़ाह पोस्ट अफिसका एसपीएम नीमा योजनाले हिजो देखि शुरू भएको शिविरमा आधार कार्डमा मोबाईल नामवर लिङ्क, ठेगाना परिवर्तन, संसोधन आदि आदि कार्यहरु गरेको जानकारी दिए। ससाना नानीहरुको नयाँ आधार कार्ड बनाउने ,फोटो अपडेट आदि पनि गरिने बताए साथै नया बनाउनको निम्ति जन्म प्रमाण-पत्र अनिवार्य रुपमा लिएर आउँनु पर्ने एसपीएम योञ्जनले थप जनाए। एसपीएम योञ्जनले आधार शिविर आयोजना गर्न भरपुर सहयोग गरिएकोमा विनय घिसिङ, विक्की थापा प्रति आभार व्यक्त गरे भने शिविर बुधबार पनि जारी रहने जानकारी गराउदै यसरी नै मानिसहरुको भीड भए शिविरको अवधिलाई बडाउन सकिने जनाए ।












