मजुवा, 24 दिसम्बर(निसं): मजुवा ग्रामको प्रयासमा तथा बागबानी विभागबाट वितरण गरिएको पोली हाउस निर्माण कार्य केही ढिलो भएपनि धमाधम भइरहेको छ। गत वर्षहरू जस्तै यस वर्षपनि मजुवा ग्रामको प्रयासमा क्षेत्रका कृषकहरूलाई बागबानी विभागबाट 96 वटा पोली हाउसका सामाग्रीहरू प्रदान गरिएको थियो। तथापि धेरै मात्रामा निर्माण कार्य पूर्ण भइसकेको छ। तथा निर्माण कार्य हालमा पनि धमाधम भइरहेको छ भने त्यो पोली हाउस निर्माण गर्नैपर्ने हो त्यसैले न बनाउनेहरूले बनाउने काम चाँडै शुरू गरिदिने मजुवा ग्राम पञ्चायत प्रधान रोगेन वङ्दी लेप्चाले आग्रह गरेको छ। उनले जानकारी दिए अनुसार हालसम्म लगभग 2 सय 50 वटा भन्दा धेरै पोली हाउसका सामाग्रीहरू विभागबाट प्रदान गरिसकेको छ। मजुवा ग्राम सम्पूर्ण भेग नै कृषि उत्पादन तथा ग्रामीण क्षेत्र रहेको कारण हामी कृषि उत्पादन गरेर नै जीविकोपार्जन गर्दछौं, यसैले हामीलाई सरकारी सहायताको खाँचो पर्ने जनाउदै मजुवा ग्राम क्षेत्रलाई जैविक खेति उत्पादन क्षेत्र घोषितको निम्ति पनि काम भइरहेको उनले जनाए। वास्तवमा हाम्रो मजुवा ग्राम क्षेत्रले अघिदेखि नै प्रायः जैविक रूपमा काम गर्दै आइरहेको तर विभागीय तौरमा पनि प्रमाणित हुनुपर्ने बताए। खेति उत्पादन र बजार व्यवस्था ठीक हुन नसकेको कारण नै किसानहरू खेतिपाती देखि निराश बनिरहेको छ। यसैले सरकार तथा विभागबाट पाइने सहुलियतहरू सठीक रूपमा प्राप्त गर्न सके खेतिपाती गरेर पनि जीवन धान्न सकिन्छ भन्ने भरोसा स्थानीय कृषकहरू कहाँ रहेको छ। खेतिपाती गर्ने प्रणाली र मलजल आदि भर्मिक कम्पोष्ट उत्पादन जस्तो विषयमा प्रशिक्षणको व्यवस्था हुनु पनि नितान्त जरूरी रहेको कृषकहरूले बताएकोछ।












