सोमवार बाक्लो संख्यामा यातायात रहेकोले जामको स्थिति बन्यो

Share this news

खरसाङ, (निसं): खरसाङ बजार क्षेत्रमा यातायात जामको समस्याबाट चालक, यात्री र जनसाधरणले राहत पाएका छैनन्‌‍। खरसाङ बजारमा यायातात जाम हुने समस्या वर्तमानसम्म यथावत रहेको छ। सोमवार खरसाङ भएर धेरै गाड़ीहरू चल्यो, बाक्लो यान-वाहनको चलाचल बीच जामको समस्या पनि सृजना भयो। तथापि सोमवार सिक्किमका गाड़ीहरू भने खरसाङ भएर अघिको जस्तो चलेको देखिएन। सोमवार सिलगढ़ी अनि संलग्न स्थानहरूबाट धेरै मानिस खरसाङ अनि संलग्न स्थानहरूमा घुम्न आएका थिए। दिन घमाइलो भएकोले मानिसहरू आ-आफ्नो कामको निम्ति सिलगढ़ी पनि झरेका थिए भने सिलगढ़ी अनि संलग्न स्थानका मानिसहरू पनि मौसम सुखा रहेको औसर पारेर आफ्नो आवश्यक काम बनाउन अनि घुम्नको निम्ति खरसाङ अनि पहाड़का विभिन्न स्थानको निम्ति आएका थिए। सोमवारको जाममा परेका सिलगढ़ीका एक दम्पतीलाई यस बारेमा प्रश्न गर्दा तिनीहरूले आफूहरू खरसाङ घुम्न आएको बताउदै सन्त मेरिज घुमेर घर फर्किरहेको बताए। तिनीहरूले भने, आज सिलगढ़ी औधि गर्मी छ, यसैले खरसाङ घुम्न आएका हौँ। तिनीहरूले खरसाङ्को हनुमान डाँड़ा, डाउहिल घुमेपछि सन्त मेरिज घुमेर घर फर्किएको बताए। यी दम्पतीले आफूहरूलाई सन्त मेरिजदेखि खरसाङ बजार पार गर्नको निम्ति लगभग 40 मिनट लागेको बताए। घैयाबारीबाट विद्यार्थीहरू लिएर प्रत्येत दिन आउने एक चालकले पनि विद्यालय छुट्टी भएपछि आईएनए बस टर्मिनशबाट खरसाङ मुख्य डाकघर आइपुग्न 25 मिनट जति समय लागेको बताए। तिनले आज धेरै लामो जाम नभए पनि जाम लाग्दै खुल्दै गरेको छ भनी बताए। लामो समयसम्म गाड़ी जाम हुन नदिनको निम्ति खरसाङ ट्राफिक पुलिसका अधिकारी, जवान अनि सिभिक भोलिन्टियरहरूले सक्रिय रहेर कार्य गरिरहेका थिए। स्मरण गराइन्छ, खरसाङ बजार भएर गाड़ी चलाचल अधिक भएको खण्डमा दार्जीलिङबाट सिलगढ़ी जाने गाड़ीहरूलाई अनिवार्य रुपमा कप्तान सुरज शर्मा पथ भएर पंखाबारी रोडबाट पठाइन्छ। वर्तमानमा यो सड़कको भत्किएको कलभर्ट निर्माणको कार्य चलिरहेकोले सड़क बन्द रहेको छ। यो सड़क भएर खरसाङ्को कतिपय सेण्डिकेटका गाड़ीहरू पनि चल्ने गर्थे, यो सड़क बन्द भएकोले वर्तमानमा सबै गाड़ी खरसाङ बजारको राष्ट्रिय राजमार्ग 110 भएर चलिरहेको छ। यसो हुँदा खरसाङ बजारको राष्ट्रिय राजमार्ग 110 अनि वर्द्धवान रोडमा यातायातको चाँप औधी बढ़ेको छ। कप्तान सुरज शर्मा पथ (बाईपास रोड) खोलिएपछि गाड़ी जामको समस्यामा केही राहत मिल्ने देखिएको छ।


Share this news
आजको रोजाइ
मुख्यमन्त्रीे ब्यानर्जीले गरिन विभिन्न तहमा छलफल

मुख्यमन्त्रीे ब्यानर्जीले गरिन विभिन्न तहमा छलफल

जेकब खालिङ राई लाई जनाइयो स्वागत

जेकब खालिङ राई लाई जनाइयो स्वागत

कनेक्ट टु सीएम’ प्लेटफर्मको शुभारम्भ

कनेक्ट टु सीएम’ प्लेटफर्मको शुभारम्भ

वरिष्ठ माध्यमिक विद्यालयमा सेन्टेनेरीको लागि सभा

वरिष्ठ माध्यमिक विद्यालयमा सेन्टेनेरीको लागि सभा

आइजीजेएफ-को डिजास्टर टोली गठन

आइजीजेएफ-को डिजास्टर टोली गठन

सलोमी खातीले जितिन् किकबक्सिङमा काँस्य पदक

सलोमी खातीले जितिन् किकबक्सिङमा काँस्य पदक

मुख्यमन्त्री ममता ब्यानर्जी पुगिन् मिरिकको भ्रमणमा

मुख्यमन्त्री ममता ब्यानर्जी पुगिन् मिरिकको भ्रमणमा

तीन दिवसीय पुष्प प्रदर्शनी (फ्लावर शो) आयोजन

तीन दिवसीय पुष्प प्रदर्शनी (फ्लावर शो) आयोजन

चियाबगान क्षेत्रको जनताको समस्या समाधान गरिने

चियाबगान क्षेत्रको जनताको समस्या समाधान गरिने

मुख्यमन्त्री ब्यानर्जी सुके पोखरीको लागि प्रस्थान

मुख्यमन्त्री ब्यानर्जी सुके पोखरीको लागि प्रस्थान