सुधपा टोलको तल्लो गाउँबाट आउने सड़कमा ठूलो प्वाल

Share this news

खरसाङ, (निसं): खरसाङ नगरपालिका अन्तर्गत सुधपा टोलको तल्लो गाउँबाट आउने सड़कको एक ठाउँमा ठूलो प्वाल परेकोले यस सड़क भएर आउजाउ गर्ने मानिसहरूलाई निक्कै असुविधा भइरहेको छ। त्यस सड़कको एक ठाउँमा झोड़ा रहेको छ औ त्यसै झोडामाथि सड़कमा ठूलो प्वाल परेकोले यस सड़क भएर हिँड्ने मानिसहरूले धेरै जोखिम उठाइरहेका छन्‌‍। स्थानीय मानिसहरू अनुसार सड़कको यस्तो स्थितिबारे सम्बन्धित विभागलाई धेरै पटक जानकारी गराइ सकिए तापनि आजसम्म उक्त स्थानको मर्मति भएको छैन्‌‍। यस स्थानमा कुनै पनि समय दुर्घटना घट्न सक्छ अथवा यहाँ पैह्रो गएर यातायात ठप्प हुन सक्छ भन्दै यस स्थानको खरसाङ नगरपालिका तथा सम्बन्धित विभागले चाँड़ो निरीक्षण गरेर मरम्मतीको कार्यलाई अगाड़ी बढाइदिने आग्रह पनि गरेका छन्‌‍। तिनीहरू अनुसार यस सड़क भएर जान प्रत्येक दिननै धेरै मानिसहरू, विद्यार्थीहरू अनि गाड़ीहरू हिँड्ने गर्छन्‌‍। त्यसर्थ यसैलाई ध्यानमा राखेर पनि विभाग अनि नगरपालिकाले चाँड़ो कदम चालिदिने अनुरोध पनि गरेका छन्‌‍।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड