खरसाङ अनि वरिपरि क्षेत्रमा चितुवाको चहल पहल बढ़्दैछ

Share this news

खरसाङ,  (निसं)ः वर्तमानमा खरसाङ नगरपालिकाको कतिपय स्थान र शहर नजिकका स्थानहरूमा चितुवाको चहल पहल बढ़िरहेको छ। चितुवाको चहल पहल बढ़ेकोले मानिसहरू चिन्तित साथै सतर्क बनेका छन्‌‍ भने धेरै मानिसहरूले रातिको समयमा एक्लै हिँड़न बन्द गरेका छन्‌‍ अथवा सतर्कता अपनाएर हिँड़ने गरेका छन्‌‍। खरसाङ नगरपालिकाको डाउहिल, भिक्टोरिया, टेकवीर बस्ती, कटलेरी पाखा, धोबी खोला क्षेत्रमा चितुवा भेटिएको घटनाहरू प्रकाशमा आइसकेका छन्‌‍। खरसाङ शहर नजिक धोबी खोलादेखि उताको क्षेत्र, रोहिणी रोडको जिरो, हुसेल खोल, सन्त मेरिज, सिंगेल, कप्तान सुरज शर्मा पथ (बाईपास रोड) करबीर क्षेत्रमा चितुवाको चहल पहल समय समयमा रहने गरेको क्षेत्रका मानिसहरूले बताएका छन्‌‍। वर्तमानमा यसरी शहर नजिकका स्थानहरूमा चितुवाको चहल पहल रहेको एउटा चिन्ताको विषय बनेको छ।

खरसाङको वार्ड नम्बर 3 स्थित कटलेरी पाखा निवासी एक व्यक्तिले कटलेरी क्षेत्रमा धेरै घर पालित कुकुर हराइसकेको बताएका छन्‌‍। तिनले भने, कटलेरी नजिक ढ्याङठ्याङे पुलसम्म चितुवाको चहल पहल समय समयमा थाहा पाइन्छ। केही महिना अघि ढ्याङढ्याङे पुल नजिकबाट एउटा कुकुर चितुवाले लगेर गएको थियो। तिनले केही दिन अघि कटलेरी पाखाको चेयरम्यान गोलाई नजिकको एउटा घरमा रहेको सीसी टीभी क्यामेरामा चितुवाको चहल पहल रिकर्ड भएको बताउदै चितुवाको चहल पहलको उक्त भिडियो सामाजिक सञ्जालहरूमा पनि निकै भाइरल बनेको बताए।

डुमाराम बस्तीका एक व्यक्तिले गत वर्ष सेन्टहेलेन्स स्कूल जाने गोलाइ छेउ रहेको झोड़ीमा एउटा दुम्सी भेटिएको र उक्त दुम्सीलाई पछ्याउदै एउटा निगाले चितुवा देखिएको बताए। गौरी शङ्कर चिया बगान निवासी एक व्यक्तिले गौरी शङ्करमा चितुवाले अघिको समयमा घर पालित पशुहरू बिगार गरेको बताए। तिनेल वर्तमानमा पनि गौरीशङ्कर क्षेत्रदेखि धोबीखोला क्षेत्रसम्म चितुवाको चहल पहल रहने गरेको बताएका छन्‌‍।

यसरी नै केही महिना अघि कप्तान सुरज शर्मा पथ (बाईपास रोड) मा रहेको सेप्टीट्याङ्कीमाथि चितुवा सुतिरहेको मानिसहरूले द्ेखेका थिए। उक्त चितुवाको भिडियो खिचेर मानिसहरूले सामाजिक सञ्जालमा पोस्ट समेत गरेका थिए। उक्त भिडियो पनि सामाजिक सञ्चालनमा निकै भाइरल बनेको थियो।

करबीर चिया बगानको ठूलो पातले, सानो पातले गाउँमा चितुवा भेटिएको घटनाहरू पनि प्रकाशमा आइसकेको छ। समय समयमा खरसाङ नगरपालिकाको विभिन्न स्थान, नगरपालिका नजिकका स्थानहरूमा चितुवाको चहल पहल रहने गरेको पाइएको छ।

यसरी चितुवाको चहल पहल प्रकाशमा आएपछि खरसाङ वन विभागले माइकिङ गरेर मानिसहरूलाई रातिको समयमा एक्लै बाहिर ननिस्कने, बाहिर निस्कन्दा अँध्यारोमा ननिस्कने, कुनै स्थानमा चितुवा देखिएको खण्डमा भिडियो नबनाउने सुझाउहरू दिएको छ। अघिको समयमा जंगल नजिक रहेका ग्रामीण क्षेत्रहरूमा चितुवाको चहल पहल रहने गर्थ्यो भने वर्तमानमा शहरी अनि शहर नजिका क्षेत्रहरूमा यसरी चितुवाको चहल पहल बढ़ेक जादैछ। वर्तमानमा यसरी शहरी क्षेत्र अथवा शहर नजिका क्षेत्रहरूमा पनि चितुवा लगायत अन्य जंगली जनवारहरूको चहल पहल बढ़ेकोले सतर्कता अपनाउन पर्ने आवश्यकता रहेको छ।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ