अन्तर्राष्ट्रिय वुशु फेडरेशनद्वारा तक्नीकी प्रशिक्षण

Share this news

खरसाङ,  (मोहन प्रसाद)ः वुशु खेलका प्रशिक्षकहरूको निम्ति एउटा ओलम्पिक एकजुटता तकनिकी तालिम 2025 को आयोजन नेपालको काठमाण्डूमा गत 7 देखि 11 दिसम्बरसम्म सम्पन्न भएको जानकारी प्राप्त भएको छ। उक्त कार्यक्रममा दार्जीलिङ क्षेत्रबाट खरसाङ निवासी साथै राष्ट्रिय स्तरका कोच विमल प्रधान सहित बिहार एवं भारतका अन्य प्रान्तहरूबाट जम्मा 6 जना वुशु प्रशिक्षकहरूले भाग लिएका थिए भने नेपालको विभिन्न स्थानबाट दर्जनौँ वुशु खेलका कोचहरूले भाग लिएको थिए।

उक्त तालिम चीनबाट आएका प्रतिष्ठित अन्तर्राष्ट्रिय वुशु फेडेरेशनका विशेषज्ञहरूको नेतृत्वमा अथवा मार्गदर्शनमा आयोजन भएको थियो। कार्यक्रममा चीनबाट वुशुका प्रोफेसर सान्डा फाइटका विशेषज्ञ ये वेइ, ताओलू अर्थात्‌‍ तलवारबाजी खेलका विशेषज्ञ प्रोफेसर लुन शियाओमेईको विशेष उपस्थिति रहेको थियो। कार्यक्रममा वुशु खेल माथि उन्नत तकनीकी ज्ञान, कोचिङ पद्धतिहरू अनि अन्तरराष्ट्रिय सर्वोत्तम प्रथाहरूलाई गम्भीरता पूर्वक ध्यान केन्द्रित गरियो, जसको सहयोगले उक्त तालिममा भाग लिने अथवा आफ्नो सहभागिता दिने कोचहरूलाई पेशेवार विकासमा महत्वपूर्ण योगदान दिइनेछ।

प्राप्त जानकारी अनुसार समापन समारोहको अवधि खरसाङ सहित भारत देशको विभिन्न स्थानबाट उक्त तालिममा भाग लिन गएका कोचहरूलाई खादा अनि गम्‌‍छा प्रदान गरेर अभिनन्दन गरियो। कार्यक्रममा नेपालबाट दर्जनौंँ कोचहरू सहित लगभग 65 जनाले भाग लिएका थिए। यस अवधि नेपालका वुशु खेलका वरिष्ठ प्रतिनिधिगण सहित नेपाल वुशू फेडरेशनको अध्यक्ष वीर बहादुर तामाङ अनि फेडरेशनका महासचिव लाक्पा छिरिङ लामाको पनि विशेष उपस्थिति थियो।

नेपाल वुशु फेडरेशनको सहयोगमा एवं अन्तर्राष्ट्रिय वुशु फेडेरेशनको ब्यानरमा आयोजित उक्त ओलम्पिक एकजुटता तकनीकी तालिम मार्फत्‌‍ आपसी सम्मान, सांस्कृतिक आदान-प्रदान अनि अन्तर्राष्ट्रिय सहयोग, वैश्विक वुशु समुदाय भित्रको सम्बन्धमा थप बल प्रदान गर्नेछ। उक्त अन्तरराष्ट्रिय स्तरको तालिम कार्यक्रमको जानकारी खरसाङ निवासी वुशु कोच विमल प्रधानले नेपालबाट फोन मार्फत्‌‍ दिएका छन्‌‍।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ