बुङ्कुलुङ धजे सड़क सिलगढ़ी-दार्जीलिङमाझको वैकल्पिम मार्ग बन्न सक्ने सम्भावना

Share this news

खरसाङ,  (निसं)ः खरसाङ महकुमा अन्तर्गत दुधेदेखि केही माथि जिरोबाट धैयाबारी चिया बगान, सिंहबोली चिया बगानको फेदी, बुङ्कुलुङ, चालिसे, कञ्चनपूर, नाम्सू, धजिया हुँदै पोख्रेबुङ निस्कने मार्ग सिलगढ़ी अनि दार्जीलिङ माझको वैकल्पिक मार्ग बन्न सक्ने प्रबल सम्भावना रहेको छ। वर्तमानमा सिलगढ़ीदेखि दार्जीलिङसम्म राष्ट्रिय राजमार्ग 110 मा अत्याधिक यान-वाहनको चलाचलले खरसाङ बजारदेखि दार्जीलिङसम्म लगभग प्रत्येक दिन यातायत जामको स्थिति सृजना हुने गरेको छ। वर्तमानमा रोहिणी रोड पनि बन्द रहेकोले राष्ट्रिय राजमार्ग 110 भएर खरसाङ अनि दार्जीलिङ्का गाड़ीहरू कुदिरहेका छन्‌‍।

खरसाङदेखि उता हुने जामको समस्यालाई स्थायी रुपमा समाधान गर्नु हो भने वैकल्पिम मार्ग अति आवश्यक देखिएको छ। यस्तो अवस्थामा दुधेमाथि जिरोबाट शुरु भएर बुङ्कुलुङ, चालिसे, सञ्जनपुर, नाम्सु बस्ती, धजिया हुँदै पोख्रेबुङ पुग्ने यो मार्गले वैकल्पिक मार्गको रुपमा विकास गर्न सकिने प्रबल सम्भावना रहेको विभिन्न तहका मानिसहरूको मत छ। वर्तमानमा यो मार्गलाई जिरोदेखि बुङ्कुलुङसम्म पश्चिम बंगालको पीडब्लुडीले देखरेेख गरिरहेको छ। जिरोदेखि बुङ्कुलुङसम्म सड़कको अवस्था राम्रो पनि रहेको छ भने त्यहाँदेखि माथिको सड़क मरमतिको आवश्यकता देखिएको छ।

वर्तमानमा यो सड़क भएर पोख्रेबुङ, नागरी, धजे अनि संलग्न क्षेत्रका गाड़ीहरू कुदिरहेका छन्‌‍। गत 4 अक्टोबरको भारी वर्षामा यो सड़क क्याप ढुङ्गा सहित अन्य स्थानमा क्षतिग्रस्त बनेको थियो। क्षतिग्रस्त सड़कको मरम्मती गरिएपछि यो सड़कमा पुनः गाड़ी चलाचल भइरहेको छ। तथापि सड़कको अवस्था भने राम्रो छैन, बुङ्कुलुङदेखि उता धजेतर्फको सड़कको अवस्था राम्रो नभएकोले धेरै चालकहरू यो सड़कमा गाड़ी कुदाउन त्यति रुचाउने गर्दैनन्‌‍। यो सड़कको अवस्था राम्रो हुँदो हो त अझ धेरै संख्यामा गाड़ी कुद्ने छन्‌‍ भन्ने कुरो निश्चित छ। यद्यपि वाध्यतावश धेरैले यो सड़क भएर गाड़ी कुदाइरहेका छन्‌‍।

यो सड़क हुँदै पोख्रेबुङबाट सुके पोखरी निस्किन्छ। यो सड़कलाई दार्जीलिङ गामी गर्नु हो भने धजिया अथवा पोख्रेबुङबाट धोत्रे बालासन तर्फ मोड़ेर निर्माण गर्न सकिने पनि नाम्सुका कतिपय मानिसहरूले बताएका छन्‌‍। यसो गर्न सकिएको खण्डमा आगामी दिनमा दार्जीलिङ अनि सिलगढ़ी माझ यसै सड़क भएर धेरै संख्यामा गाड़ी चलाचल हुने भएकोले राष्ट्रिय राजमार्ग 110 मा यान-वाहनको बोझ कम हुने र राष्ट्रिय राजमार्ग 110 मा यातायत जामको समस्यामा कमी आउने धेरैको मत रहेको छ।

यद्यपि सांसद राजु विष्टले यो मार्गलाई दार्जीलिङ अनि सिलगढ़ी माझको वैकल्पिम मार्गको रुपमा विकसित गर्ने माग गर्दै केन्द्रीय सड़क अनि परिवहन मन्त्री नितिन गडकरीलाई अनुरोध गर्दै ज्ञापन बुझाएको फलस्वरुप दार्जीलिङ-सिलगढ़ीमाझको वैकल्पिक मार्ग निर्माणको प्रक्रिया अघि बढ़ेको खबरहरू प्रकाशमा आइसकेका छन्‌्‌‍। संसदको यो कार्यले यो सड़क पनि आगामी दिनमा वैकल्पिक मार्गको रुपमा विकसित हुने सम्भावना देखिएको छ।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ