वसुधाको रजत जयन्तीमा गौंथली अनि साँझ अनि अन्य कथाहरु-को लोकार्पण

Share this news

दार्जीलिङ, 3 अगस्त दार्जीलिङ(निस): वसुधा भारतीय नेपाली नारी साहित्यिक मञ्चको आयोजनामा मञ्चको रजत जयन्ती कार्यक्रमलाई विशेष केन्द्र गर्दै यसै पावन अवसरमा शुक्रबार गोर्खा दुःख निवारक सम्मेलन भवनको पुस्तकालय प्रेक्षा गृहमा कृति लोकार्पण सँगै अन्य विविध कार्यक्रमहरू सम्पन्न गरियो।
उक्त कार्यक्रम वसुधाका अध्यक्षा डा. गीता छेत्रीको अध्यक्षता, मञ्चका पूर्व अध्यक्ष साथै संस्थापक विन्द्या सुब्बा, बाल साहित्य अकादेमी पुरस्कार-2025 द्वारा पुरस्कृत हुने डा. साङमू लेप्चाको विशेष आतिथ्यमा सम्पन्न गरियो।
वसुधाका सचिव अमला सुब्बाद्वारा सञ्चालन गरिएको उक्त कार्यक्रमको प्रथम चरणमा पद्मश्री सानु लामा, स्वर्गीय हरेन आले साथै अन्य सर्जकहरूको निधनमा शोक प्रकट गर्दै उनीहरूको आत्मा शान्तिको निम्ति दुई  मिनटको मौन धारण गरियो। कार्यक्रममा सचिव अमला सुब्बा छेत्रीले वार्षिक प्रतिवेदन सहित आगामी रजत जयन्तीबारे विशेषरूपमा आफ्नो वक्तव्य राखेकी थिइन्। त्यसै गरी, वर्तमान कोषाध्यक्ष वेदिका राईद्वारा मञ्चको वार्षिक हरहिसाबको सम्पूर्ण लेखाजोखा प्रस्तुत गरिन्।
यसै कार्यक्रमबीच अध्यक्ष डा. गीता छेत्रीले पूर्व अध्यक्ष विन्द्या सुब्बासँग गरिएको विविध कार्यप्रणालीलाई लिएर मञ्चको गतिविधी सम्बन्धित वक्तव्य प्रस्तुत गरिन्। विभिन्न कार्यक्रमहरूको साथमा सम्पन्न गरेको रजत जयन्तीको यसै कार्यक्रममा, उत्तरार्धको कार्यक्रममा वसुधा प्रकाशनद्वारा प्रकाशित कृतिहरू, वसुधाकी आजीवन सदस्या बसन्ती शर्माद्वारा लिखित ‘गौंथली’ कविता सङ्ग्रहको विधिवत लोकार्पण उपस्थित अतिथिहरूको बाहुलीबाट गरियो। स्रष्टा विषयमा डा. कमला तामाङले आफ्नो सारगर्भित मन्तव्य प्रस्तुत गरेपछि, पुस्तक विषयमा स्रष्टा स्वयंले आफ्नो मन्तव्य प्रस्तुत गरे। यसैगरी नै, वसुधा प्रकाशनबाट प्रकाशित अर्को पुस्तक ‘साँझ अनि अन्य कथाहरू’, उडिया भाषाका प्रख्यात कथाकार प्रशांत कुमार महन्तीका कथा सङ्ग्रह नेपाली भाषामा स्रष्टा साहित्यकार कौशल्या मुखिया सुब्बाद्वारा अनुदित पुस्तकको विधिवत लोकार्पण पनि यसै समारोहबीच गरिएको थियो। कथाकार विषयमा डा वीणा हाङखिमले मिठो वक्तव्य प्रस्तुत गर्दै कौशल्या मुखियाद्वारा अनुदित कृतिमाथि आफ्नो सारगर्भित मन्तव्य प्रस्तुत गरिन्। अनुवादिका कौशल्या मुखियाले आफ्नो पक्षमा अनुदित कृतिमाथि वक्तव्य प्रस्तुत गरिन्।
उपस्थित वसुधाका सदस्यहरूद्वारा कार्यक्रमलाई थप मनोरञ्जन तुल्याउँदै सिर्जना कार्यक्रममा कविता, गायन, गीत अनि कथाहरू पनि यस कार्यक्रममा प्रस्तुत गरिएको थियो। कार्यक्रमको अन्तिम चरणमा अध्यक्ष डा. गीता क्षेत्रीले आफ्नो अध्यक्षीय सम्बोधन गरेपछि कार्यक्रमको समापन गरियो।  यसै कार्यक्रम बीच डाक्टर साङ्लो लेप्चालाई पनि साहित्य एकादमी पुरस्कारले पुरस्कृत भएबापत समवर्धना जनाइयो।

Share this news
आजको रोजाइ
गोर्खा राष्ट्रिय मुक्ति मोर्चाको केन्द्रीय समितिको पुनर्गठन

गोर्खा राष्ट्रिय मुक्ति मोर्चाको केन्द्रीय समितिको पुनर्गठन

सिक्किम विधानसभाको एसएसएचएलसी रिपोर्टः विपक्ष मौन

सिक्किम विधानसभाको एसएसएचएलसी रिपोर्टः विपक्ष मौन

अमदेर पारा अमरदेर समाधान योजना अन्तर्गत 133 वटा विभिन्न परियोजना शुरू

अमदेर पारा अमरदेर समाधान योजना अन्तर्गत 133 वटा विभिन्न परियोजना शुरू

दुर्घटना गरी भागेर आएको गाड़ीलाई खरसामा समातियो

दुर्घटना गरी भागेर आएको गाड़ीलाई खरसामा समातियो

भारत स्काउट्स अनि गाइड्सको सम्मान कार्यक्रम खरसाङमा सम्पन्न

भारत स्काउट्स अनि गाइड्सको सम्मान कार्यक्रम खरसाङमा सम्पन्न

सिलगढीका हिमांशु प्रधान, साउन्ड अफ सोल्स, सोनी टिभी‌मा

सिलगढीका हिमांशु प्रधान, साउन्ड अफ सोल्स, सोनी टिभी‌मा

जोइण्ट फोरम पहाड़ तराई ख्रिष्टियन वेलफेयर अर्गनाइजेशनको एक टोलीको अनित थापासँग भेट

जोइण्ट फोरम पहाड़ तराई ख्रिष्टियन वेलफेयर अर्गनाइजेशनको एक टोलीको अनित थापासँग भेट

स्व केदारनाथ प्रसाद स्मृति नक आउट क्रिकेट टुर्नामेन्टको फाइनलमा मुथुम ईलेभेन सिलगढ़ी र डेमोण्ड इलेभेन बोइस सिलगढ़ी

स्व केदारनाथ प्रसाद स्मृति नक आउट क्रिकेट टुर्नामेन्टको फाइनलमा मुथुम ईलेभेन सिलगढ़ी र डेमोण्ड इलेभेन बोइस सिलगढ़ी

सारथी १.० अन्तर्गत विद्यार्थी प्रशिक्षण कार्यक्रमको उद्घाटन

सारथी १.० अन्तर्गत विद्यार्थी प्रशिक्षण कार्यक्रमको उद्घाटन

गोरामुमो चिम्नी देवराली समष्टिको अध्यक्ष पदमा साङ्गे रुम्बा चयन

गोरामुमो चिम्नी देवराली समष्टिको अध्यक्ष पदमा साङ्गे रुम्बा चयन

आजको रोजाइ