Reorganization of the Central Committee
Reorganization of the Central Committee

गोर्खा राष्ट्रिय मुक्ति मोर्चाको केन्द्रीय समितिको पुनर्गठन

Share this news

गोर्खा राष्ट्रिय मुक्ति मोर्चाको केन्द्रीय समिति पुन:गठन गरिएको छ। पार्टीको केन्द्रीय कार्यालयमा बसेको सभामा केन्द्रीय समिति पुन:गठन गरिएको पार्टीका मिडिया सेल प्रभारी दिनेस साम्पाङले जानकारी दिएका छन्। सभाको अध्यक्षता दार्जीलिङ विधानसभा क्षेत्रका विधायक निरज जिम्बा, गोरामुमो वरिष्ठ नेतृत्वगण, युवा वर्ग दार्जीलिङ ब्राञ्च कमिटी, गोरामुमो कालेबुङका नेतृत्ववर्ग, खर्साङ ब्राञ्च कमिटी, मिरिक ब्राञ्च कमिटी साथै भ्रातृ संगठनका प्रतिनिधिवर्ग उपस्थित रहेका थिए। गोरामुमो केन्द्रीय समिति अध्यक्ष पदमा सर्वसम्मतिले मन घिसिङ उपाध्यक्षमा एनबी छेत्री अनि मिरिकको निम्ति केन्द्रीय समिति सेक्रेटरी जनरलमा ऋषि थापा अनि वाई लामालाई केन्द्रीय प्रवक्ता चयन गरिएको छ। सभामा पार्टी अध्यक्ष मन घिसिङद्वारा ३४ जनालाई सर्वसम्मतिले केन्द्रीय समितिमा चयन गरिएको छ भने, केन्द्रीय समितिमा नयाँ युवावर्गलाई पनि सामेल गरिएको छ। नयाँ केन्द्रीय समितिमा चयन भएका सदस्यगणलाई पार्टी अध्यक्ष मन घिसिङद्वारा नियुक्ति पत्र हस्तान्तरण गर्दै श्रद्धा लगाएर स्वागत जनाएका थिए।
सभापछि पत्रकारहरुलाई सम्बोधन गर्दै एनबी छेत्रीले भने, आजको सभाले वर्तमान गोर्खाहरुको स्थायी राजनैतिक समाधानको निम्ति सरकारी वार्ताकार नियुक्त गरेकोमा स्वागत जनाएका छन्। २०२६ को फेब्रुअरी महिनामा इन्टरलोकुटर दार्जीलिङ आउने छन्। हामी उनलाई जति सक्दो चाँडै गोर्खाहरुको समाधानको निम्ति पहल गर्नेछौं। पार्टीको डिलिस्टिङ्ग विषयमा जवाफ दिंदै एनबी छेत्रीले भने, गोरामुमोले गृहमन्त्रालय अनि चुनाव आयोगमा पत्राचार गरेको छ। अब चुनाव आयोगले चाँडै सुनवाइ गर्ने भएको छ। यदि नभएको खण्डमा सर्वोच्च अदालत पनि छ भनी छेत्रीले जनाए।

Share this news
आजको रोजाइ
रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

अवैध पार्किङविरुद्ध अपर सिरिङ गाउँका युवाहरूको गुनासो

अवैध पार्किङविरुद्ध अपर सिरिङ गाउँका युवाहरूको गुनासो

सुकनामा वन, पर्यटन र स्वास्थ्य सेवाका विषयमा भाजपा टोलीको सक्रिय पहल

सुकनामा वन, पर्यटन र स्वास्थ्य सेवाका विषयमा भाजपा टोलीको सक्रिय पहल

सुशील गाउँमा गोरामुमो शाखा समिति गठन, महेश सिङ्ग सभापतिमा चयन 

सुशील गाउँमा गोरामुमो शाखा समिति गठन, महेश सिङ्ग सभापतिमा चयन 

आजको रोजाइ