भारत स्काउट्स अनि गाइड्सको सम्मान कार्यक्रम खरसाङमा सम्पन्न

Share this news

खरसाङ, (निसं)ः भारत स्काउट्स अनि गाइड्सको एक सम्मान कार्यक्रम खरसाङ्को एउटा होटलमा सम्पन्न भयो। उषाकिरण तामाङ्को अध्यक्षतामा सम्पन्न भएको यो कार्यक्रममा उत्तर प्रदेशको लखनउमा सम्पन्न भएको जम्बुरीमा दार्जीलिङ जिल्ला आयुक्त राजेन्द्र प्रसाद स्काउट्स अनि गाइड्सको सर्वोच्च पुरस्कार सिल्भर एलिफेन्टद्वारा राज्यकी राज्यपाल आनन्दी बेनको बाहुलीबाट सम्मानीत भएकोमा बधाई अनि शुभकामना दिँदै सम्मान जनाइयो।

कार्यक्रममा बोल्दै उषाकिरण तामाङले भनिन्‌‍, यो एउटा गौरवशाली पुरस्कार हो। स्काउट्सको क्षेत्रमा विशिष्ट काम गर्ने व्यक्तिहरूलाई यो पुरस्कार प्रदान गरिन्छ, यस पल्ट हाम्रा जोगेन्द्र प्रसादले प्राप्त गरेका छन्‌‍। यो पुरस्कार प्राप्त गर्ने पहाड़ी क्षेत्रका पहिलो व्यक्ति डाउहिल स्कूलकी पूर्व प्रधान अध्यापिका राधिका प्रधान थिइन्‌‍। यो पुरस्कार प्राप्त गर्नु पहाड़को निम्ति सम्मानको विषय हो।

सम्मान कार्यक्रम भारत स्काउट्स अनि गाइड्सको प्रार्थनाबाट गरिएको थियो। कार्यक्रममा सचिव एनमेरी गुरुङले स्वागत वक्तव्य राखेकी थिए। उषाकिरण तामाङले जोगेन्द्र प्रसादको सक्षिप्त परिचय प्रस्तुत गरेकी थिए।

परिचय प्रस्तुतीको क्रममा तामाङले भनिन्‌‍, जोगेन्द्र प्रसादलाई खरसाङ नचिन्ने कोही छैन। प्रसादले स्काउटिङ्को यात्रा सन्‌‍ 1958 मा स्काउट्स मास्टर प्रतापचन्द्र अग्रवालको अगुवाइमा आरम्भ गरेका थिए। त्यसपछि तिनले देशको विभिन्न स्थानमा आयोजना भएको जम्बुरीमा भाग लिएका थिए। यसको अतिरिक्त अन्तर्राष्ट्रिय जम्बुरीमा भाग लिनलाई जोगोन्द्र प्रसाद स्वीडेन, लण्डन, जापान अनि अन्य देशहरूमा पनि पुगेका थिए। जोगेन्द्र प्रसादले चिया बगानको अर्गनाइजरको पदमा रहेर कार्य गरे अनि त्यसपछि सह राज्य कमिश्नर साथै जिल्ला आयुक्तको पदमा पुगे। प्रसाद स्टेट काउन्सिल अनि नेश्नल काउन्सिलका सदस्य पनि हुन्‌‍। 2011 मा बार टू सिल्भर स्टार पुरस्कारले जोगोन्द्र प्रसाद सम्मानित भइसकेका छन्‌‍। हालै 21 नोभेम्बरको दिन उत्तर प्रदेशको लखनउमा सम्पन्न भएको राष्ट्रिय जम्बुरीमा तिनी सर्वोच्च सम्मान सिलभर एलिफेन्ट पुरस्कारले सम्मानीत भएका हुन्‌‍।

जोगेन्द्र प्रसादले कार्यक्रममा आफ्नो स्काउट्स अनि गाइड्सको यात्रा अनि यस यात्राका अनुभवहरूको बारेमा बताए। तिनलाई सम्मान पत्र उषाकिरण तामाङ्को बाहुलीबाट प्रदान गरिएको थियो भने फूलको गुच्छा सचिव एनमेरी गुरुङ्को बाहुलीबाट प्रदान गरिएको थियो। कार्यक्रममा स्कट्स मिशन कन्या उच्च माध्यमिक विद्यालयकी गाइड क्याप्टन प्रिसकिल गुरुङ, सांगठनिक समन्वयक निमा लेप्चा, उपाध्यक्ष नवराज छेत्री, स्काउट्स मास्टर राजु ठटाल, सचिव सुभम थापा अनि अन्यान्य उपस्थित रहेका थिए।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ