दुर्घटना गरी भागेर आएको गाड़ीलाई खरसामा समातियो

Share this news

खरसाङ, (निसं)ः बुधवार राति 9 बजेतिर खरसाङ बजारको राष्ट्रिय राजमार्ग 110 को वातावरण केही समय तनाउपूर्ण रह्यो। सड़कमा केही समय जामको स्थिति बनेको थियो भने मानिसहरूको भीड़ जमेको थियो। दार्जीलिङ तर्फबाट दुर्घटना गरेर द्रुत गतिमा भागेर आएको गाड़ीलाई खरसाङ्को राष्ट्रिय राजमार्गस्थित कुमाई स्टुडियो नजिक समातिएको थियो। उक्त गाड़ीलाई रङ्बुलदेखि पछ्याउदै दुर्घटनाका सिकार बनेकाहरू आएका थिए।

दुर्घटना गर्ने गाड़ी खरसाङ्को वर्द्धवान रोडबाट वन्‌‍-वे नगएर सोझै राष्ट्रिय राजमार्ग 110 बाट खरसाङ बजार तर्फ पसेकोले सिलगढ़ी तर्फबाट आएका गाड़ीहरू पास हुन नसकेपछि जामको स्थिति सृजना भएकोले समातिएको थियो।

भागेर आएको गाड़ीको पछिल्तिरको हिस्सा पूर्ण रुपल क्षतिग्रस्त बनेको थियो भने एउटा चक्का समेत केही बाङ्गिएको अवस्थामा थियो। तथापि यस्तो अवस्थाको गाड़ी रङ्बुलदेखि खरसाङसम्म द्रुत गतिमा कुदाएर ल्याइयो भनी घटना स्थालमा उपस्थित मानिसहरूले आश्चर्य प्रकट गरिरहेका थिए। गाड़ीमा रहेका कम उमेरका युवाहरूले मदिरा सेवन गरेको अवस्थामा पाइएको थियो। पुलिस घटना स्थलमा पुगेपछि ठूलो झमेला अथवा मारपीटको स्थिति उत्पन्न हुन सकेन।

पुलिसले दुर्घटना गर्ने गाड़ीका युवाहरू अनि गाड़ीलाई आफ्नो हिरासतमा लिएर लगेपछि स्थिति सामान्य बनेको थियो। दुर्घटना गर्ने उक्त गाड़ी सुकेपोखरीको बताइएको छ।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ