जोइण्ट फोरम पहाड़ तराई ख्रिष्टियन वेलफेयर अर्गनाइजेशनको एक टोलीको अनित थापासँग भेट

Share this news

खरसाङ, (निसं): इसाईहरूको एउटा सङ्गठन जोइण्ट फोरम पहाड़ तराई ख्रिष्टियन वेलफेयर अर्गनाइजेशनको एक टोलीले शुक्रवार गोर्खाल्याण्ड क्षेत्रिय प्रशासनका प्रमुख अनित थापासँग भेट गऱ्य़ो।

इसाई अल्पसंख्यक समुदायहरूको दीर्घकालीन मांग अन्तर्गत समग्र इसाईहरूको महान पर्व बड़ा दिन अर्थात्‌‍ क्रिसमसको दिन विश्वभरिनै धूमधामले मनाइने गरिन्छ। तर अहिलेसम्म पहाड़ अनि तराई क्षेत्रका चिया बगानहरूमा दैनिक मजदुरी गर्ने लाखौँ इसाई धर्मलवाम्बीहरूले भने आफ्नो मुख्य पर्वमा पनि काममा जानु पर्ने स्थिति रहेको अर्थात्‌‍ नागा (अनुपस्थित) बसेर चाढ़ मनाउनु पर्ने हुन्छ। यसै विषयलाई लिएर सरकारपक्षबाट इसाई समुदायलाई पनि क्रिसमसको अवसरमा एक दिनको विदा दिइयोस भनि मुख्य कार्यपाललाई एउटा ज्ञापन पत्र प्रदान गरियो। यसका साथै नेपाली भाषा साहित्यका आदि साहित्यकार पादरी गंगा प्रसाद प्रधानको जन्म जयन्ती प्रत्येक वर्ष 4 जुलाईको दिन पनि गोर्खाल्याण्ड क्षेत्रिय प्रशासण अन्तर्गत एक दिने विदा गरि दियाजाओस भनि ज्ञापन दिइयो।

यस अवधि गोर्खाल्याण्ड क्षेत्रिय प्रशासन, प्रमुख अनित थापाले पनि यस विषयलाई तुरुन्तै राज्य सरकार कहाँ अनुमोदनको निम्ति पठाइने वचन दिएका छन्‌‍। सम्पूर्ण इसाई समूहको हितको निम्ति यसै वर्षको क्रिसमसदेखि चिया बगानमा पनि विदा घोषणा गरिदिया जाओस भनि जोइण्ट फोरमले अपिल चढ़ाएको छ। मुख्य कार्यपाल अनित थापाले पनि यसै पालीको क्रिसमसदेखि चिया बगानमा पनि बड़ा दिनको एक दिने छुट्टी घोषणा गरिने वचन दिएको जानकारी जोइण्ट फोरमको पक्षबाट गराइएको छ। यसकासाथै पादरी गंगा प्रसाद प्रधानको जन्म ज्यान्ती जुलाई 4 तारिख को निम्ति पनि जीटीए सभा बसेर पादरी जयन्तीमा पनि क्षेत्रिय सरकारमा विदा दिने वचन दिएको थप जनाएका छन्‌‍।

जोइण्ट फोरम पहाड़ तराई ख्रिष्टियन वेलफेयर अर्गनाइजेशन अध्यक्ष एवं सल्लाहकार अल्पसंख्यक मामिला, जीटीए रमेश गुरुङले अगुवाई गरेको यस झुण्डमा आर्च बिशप पिटर ब्लेन लेप्चा, एचपीसी, पास्टर अशिम राई, पास्टर कबिर लामा,पास्टर सहदेव थापा पानीघट्टा,पास्टर हेमन्त पवल मोक्तान, पवल सुब्बा, पास्टर जोहन राई, पास्टर एलिशा रसाइली, एल्डर उदय सुब्बा कालेबुङ, सर कारनेट लेप्चा कालेबुङ, पास्टर प्रकाश प्रधान कालेबुङ,पास्टर बिमल गुरुङ्ग, पास्टर दनियाल जोशी, पास्टर सञ्जय थापा मिरिक, पास्टर किशोर बान्तवा, पास्टर फिलिप राई, पास्टर आमोस राई, पास्टर राज कुमार दास आदि रहेका थिए। आजको दिन पहाड़ तराई क्षेत्रभरि छरिएर बसोबासो गरिरहेका इसाई समुदायको लागि इतिहासिक दिन रहने जोइण्ट फोरम अध्यक्ष गुरुङ्को भनाई छ।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ