गोरामुमो चिम्नी देवराली समष्टिको अध्यक्ष पदमा साङ्गे रुम्बा चयन

Share this news

खरसाङ,  (निसं)ः गोरामुमो चिम्नी देवराली समष्टिको अध्यक्ष पदमा साङ्गे रुम्बा चयन भएका छन्‌‍। गोर्खा राष्ट्रिय मुक्ति मोर्चा खर्साङ ब्राञ्च कमिटी अन्तर्गत चिम्नी देवराली समष्टिका एक साङ्गठनिक सभा खर्साङ पार्टी कार्यलयमा सम्पन्न भयो । सभामा समष्टिलाई सांङ्गठनिक गतिविधि अनि सङ्गठन विस्तारको निम्ति व्यापक रुपमा चर्चा गरियो।
सभामा संगठन विस्तारलाई गति प्रदान गर्नको निम्ति समष्टिको लागि नयाँ प्रतिनिधिहरू चयन गर्ने प्रस्ताव पारित गरियो। गोरामुमो मिडिया सेल प्रभारी दिनेस साम्पाङले जानकारी दिए अनुसार सभामा सर्वसम्मतिले चिम्नी देवराली समष्टिको अध्यक्ष पदमा साङ्गे रुम्बालाई चयन गरियो। यसगरी उक्त सभामा उपाध्यक्ष अशोक प्रधान, हर्कधन अधिकारीलाई चयन गरिएको भने मूलसचिवमा उत्तम प्रधान, उपसचिव रोहन दियाली अनि लुकेश तामाङ, कोषाध्यक्षमा अजय गुरुङ अनि रुफिना लामा, सल्लाहकारमा दावा योञ्जन, अशोक गोले, श्याम कुमार राई, जयमान तामाङ, भूषण देवान, लगायत समष्टिका विभिन्न प्रशाखाबाट दशजना कार्यकारिणी समिति सदस्यहरू चयन गरियो।
उक्त सांङ्ठनिक सभामा खर्साङ ब्राञ्च कमिटीका प्रतिनिधिहरू, पार्टीको भ्रातृ संगठनका प्रतिनिधिहरू, गोरामुमो खरसाङ शहर समष्टिका अध्यक्ष सञ्जय छेत्री, चिम्नी देवराली समष्टिका प्रतिनिधिहरू अनि कार्यकर्ताहरूको उपस्थित रहेको थियो। नवनिर्वाचित समष्टि समितिका पदाधिकारीहरूले आगामी दिनमा पार्टीको निर्देशलाई पालन गर्दै पार्टीलाई बलियो बनाउन सक्रिय रुपमा कार्य गर्ने बताए।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ