भूतपूर्व अग्निशमन कर्मचारी संगठनको सभा

Share this news

खरसाङ, 1 सेप्टेम्बर (निसं): भूतपूर्व अग्नि शमन कर्मचारी संगठन खरसाङ शाखाको सातौँ वार्षिक स्थापना दिवस यहाँको गोर्खा जन पुस्तकालय भवनको प्रेक्षागृहमा संगठनका सभापति गोपाल प्रधानको सभापतित्वमा सम्पन्न भयो। सभाका प्रमुख अतिथिको रुपमा समाज सेवक टीटी लामा, विशिष्ट अतिथिको रुपमा खरसाङ महकुमा खेलकुद संघका अध्यक्ष मोहन योञ्जन, बडिबिल्डिङ्का अन्तर्राष्ट्रिय निर्णायक सञ्जय छेत्री उपस्थित रहेका थिए। कार्यक्रममा संगठनका कोषाध्यक्ष गणेश प्रधानकी सुपुत्री रिना प्रधानले जिल्ला शारिरीक गठन प्रतियोगितामा प्रथम स्थान प्राप्त गर्न सफल बनेकीमा, खरसाङ फुटबल एकेडेमीका निर्देशक नगेन तामाङलाई फुटबल खेलमा विशिष्ट योगदान पुऱ्याएकोमा, मनु प्रधानलाई अग्निशमन सर्वश्रेष्ट सेवाको राष्ट्रीय पुरस्कार प्राप्त गरेकोमा सम्मान एवं सम्बर्धना कार्यक्रम अध्यक्ष, प्रमुख अतिथि अनि विशिष्ट अतिथिहरूको बाहुलीबाट प्रदान गरियो। सभामा बाल कलाकारहरूले नृत्य प्रस्तुत गरेका थिए अनि भुतपूर्वन स्टेशन अफिसर एमके तामाङ, उगेन तामाङले गीत प्रस्तुत गरेका थिए। कार्यक्रमको सञ्चालन समितिका प्रचार सचिव फुर्बा तामाङले गरेका थिए। संगठनका सचिव पीटी यल्मोद्वारा संगठनको उपलब्धि बारे सभामा विस्तृत रुपमा प्रकाश पारिएको थियो। सभापति गोपाल प्रधान धन्यवाद ज्ञापन गरेका थिए।


Share this news
आजको रोजाइ
रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

गोदावरी फूलको प्रदर्शनी र बिक्री

गोदावरी फूलको प्रदर्शनी र बिक्री

भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तण्डु र बामनडाङ्गामा राहत वितरण

तण्डु र बामनडाङ्गामा राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान