सासंद राजु विष्ट र बीजेपीको टोलीले खरसाङको मकैबारी चिया बगान, ७ घुम्ती नजिकैका चिया कामदार अनि बीजेपी कार्यकर्ताहरूसँग भेटघाट र अन्तरक्रिया गरेको थियो। यसक्रममा विष्टले चिया बगान पहाडको अर्थव्यवस्थाको मेरुदण्ड हो भन्दै अधिकांश कामदार महिला छन्। यो उनीहरूको शक्ति, रगत र पसिनाले संसारको उत्कृष्ट चिया उत्पादन गर्न मद्दत गरिरहेको बताए। सासंद विष्टले उनको पार्टी बीजेपीले पर्जा पट्टा अधिकार अनि चिया बगान तथा सिनकोना बगानका कामदारहरूको गरिमामय मजदूरी सुनिश्चित गर्ने प्रतिज्ञा गरेको बताए।












