New Ambulance Service
New Ambulance Service

समथार प्राथमिक स्वास्थ्य केन्द्रलाई नयाँ एम्बुलेन्स सेवा

Share this news

समथार प्राथमिक स्वास्थ्य केन्द्रले नयाँ एम्बुलेन्स सेवा (102) प्राप्त गरेको छ। अब क्षेत्रभरिका कोही पनि बिमारीहरूलाई आकस्मिक रुपमा रम्बी, कालेबुङ तथा सिलगडी अस्पताल लानुपरे निःशुल्क एम्बुलेन्स सेवा बिमारीहरूले लिन सक्नेछन्। यस एम्बुलेन्स सेवा औपचारिक रूपमा सुरु भएको घोषणा विधायक रूडेन सादा लेप्चाले गरेका थिए। यो एम्बुलेन्स सेवाले ग्रामीण भेकका हाम्रा बिमारीहरूलाई धेरै फायदा पुग्नेछ। यसमा दुइजना ड्राइभर अनि दुइजना नर्सिङ एटेन्डेन्ट पनि रहने छन्। यसरी हाम्रा क्षेत्रका मानिसहरूलाई सहायता प्रदान गर्न एम्बुलेन्स सेवा सञ्चालन हेतु साथ दिने जीटीएका मुख्य कार्यपाल अनित थापा, विधायक रूडेन सादा लेप्चा, स्वास्थ्य अनि परिवार कल्याण विभाग, गोर्खाल्यान्ड क्षेत्रीय प्रशासनका कार्यकारी सभासद, विभागीय कार्यकारी निर्देशक तथा विभागीय अधिकारीवर्ग, कालेबुङ जिल्ला अस्पतालका सीएमओएच, रम्बी बीएमओएच सबैप्रति सभासद हेमन्त राईले आभार व्यक्त गरेका छन्। नयाँ अनि असल एम्बुलेन्स सेवा उपलब्धिको निम्ति समथार पीएचसीका एमओआइसी डा. रजत डे, समथारका प्रधान अनि सम्पूर्ण समष्टिवासीलाई पनि सभासद राईले वधाइ दिएका छन्।

Share this news
आजको रोजाइ
प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

आजको रोजाइ