Mountain problems: damaged roads and incomplete water supply

पहाडका समस्याहरूः क्षतिग्रस्त सड़क र अधूरो पानी आपूर्ति

Share this news

बितेका केही महिनाहरूमा, दार्जीलिङका सांसद राजु विष्टले दार्जीलिङ लोकसभा निर्वाचन क्षेत्रका विभिन्न भागहरूको दौड़ाहा गरेका थिए। यो यात्राको बेलामा, उनले दुईटा प्रमुख समस्याहरू – क्षतिग्रस्त सड़क र अधूरो नै रहेका पानी आपूर्ति परियोजनाहरूका कारण ठूलो संख्यामा हाम्रा नागरिकहरूले कस्तो कठिन जीवन बिताइरहेका छन् भन्ने प्रत्यक्ष अनुभूति गरेको बताएका छन्। उनका अनुसार
आफु पुग्न सकेको लगभग हरेक क्षेत्रमा सड़कहरू साह्रै खराब अवस्थामा थिए। कैयौँ सड़कहरूको लामो समयदेखि मर्मत नै भएको छैन। त्यसैमाथि, सड़का केही भागहरू हालैका पहिरो अनि बाढ़ीले बगाएर लगेको छ वा नराम्ररी क्षतिग्रस्त बनेका छन्। यी भत्केका अनि खाल्डाखुल्डीले भरिएका सड़कहरूबाट स्थानीयहरूलाई स्कूल, अस्पताल, वा बजारसम्म समेत पुग्नु साह्रै गाह्रो भएको उनले देखेको बताए।

“हर घर जल” र “AMRUT” योजनाहरूको कार्यान्वयन कसरी भइरहेको छ भन्ने विषयमा पनि मानिसहरूले गम्भीर चिन्ता व्यक्त गरेका छन्। यो भ्रमणको बेलामा, कैयौँ नागरिकहरूले कामै नगर्ने पानीका कलहरू, जसमध्ये धेरैजसोमा पानी नै आउँदैन, घटिया पाइपलाइन र सामग्रीहरूको प्रयोग, जलस्रोतहरूको गलत पहिचान, वन विभागद्वारा जारी गरिने “अनापत्ति प्रमाणपत्र (NOC)”मा ढिल्याइँ, विभागीय सुपरिवेक्षण अनि निगरानीको अभाव, स्थानीय समुदायहरूमाझ परियोजनाबारे जानकारीको अभाव, र अयोग्य ठेकेदारहरूको छनौट र अन्यान्य समस्याहरू बारे विस्तारपूर्वक बताए। अहिलेसम्म हरेक घरसम्म पुगिसकेको हुनु पर्ने स्वच्छ पिउने पानी अजसम्म कैयौँ निवासीहरूको पहुँच बाहिर नै छ। ती समस्याहरूको सही ढङ्गले पहिचान गरेर तिनको सुचारू सञ्चालन सुनिश्चित गर्नका लागि विष्टद्वारा जनताले आफै भर्नु पर्ने दुईटा सरल गुगल फाराम (Google Forms) निर्माण गरेको बताए।


Share this news
आजको रोजाइ
झुम इन्टरनेसनल’- को ग्राण्ड फिनाले नोभेम्बर 9 मा हुने

झुम इन्टरनेसनल’- को ग्राण्ड फिनाले नोभेम्बर 9 मा हुने

राज्यको कुनाकाप्चामा उच्च शिक्षा संस्थानहरूको सञ्चालन

राज्यको कुनाकाप्चामा उच्च शिक्षा संस्थानहरूको सञ्चालन

सबै नागरिकलाई सतर्क चनाखो एलबी राईको आग्रह

सबै नागरिकलाई सतर्क चनाखो एलबी राईको आग्रह

विभिन्न संघ संस्थाहरुसँग गोर्खाल्याण्ड एक्टिभिष्ट समूह

विभिन्न संघ संस्थाहरुसँग गोर्खाल्याण्ड एक्टिभिष्ट समूह

पहाडका समस्याहरूः क्षतिग्रस्त सड़क र अधूरो पानी आपूर्ति

पहाडका समस्याहरूः क्षतिग्रस्त सड़क र अधूरो पानी आपूर्ति

महाकाल मन्दिरमा महिलाहरूले सुकिलो लुगा लाउनपर्ने

महाकाल मन्दिरमा महिलाहरूले सुकिलो लुगा लाउनपर्ने

केन्द्रीय सहकारी बैंक लि.ले सरकारमा राख्यो 13 बुँदे माग

केन्द्रीय सहकारी बैंक लि.ले सरकारमा राख्यो 13 बुँदे माग

‘ब्लू टाइग्रेस’लाई रंगशालाले गर्‍यो उत्साहपूर्वक स्वागत

‘ब्लू टाइग्रेस’लाई रंगशालाले गर्‍यो उत्साहपूर्वक स्वागत

भाजपाको एस. आइ. आर. सम्बन्धी सहायता शिविर

भाजपाको एस. आइ. आर. सम्बन्धी सहायता शिविर

संजय कुमार गुप्ताको लागि शङ्कर घोष प्रचार-प्रसारमा

संजय कुमार गुप्ताको लागि शङ्कर घोष प्रचार-प्रसारमा