grand finale of Jhum International'

झुम इन्टरनेसनल’- को ग्राण्ड फिनाले नोभेम्बर 9 मा हुने

Share this news

भारतको पहिलो टेलेन्ट हन्ट ‘झुम इन्टरनेसनल’को ग्राण्ड फिनाले आगामी 9 नोभेम्बरका दिन आयोजना हुने भएको छ। कार्यक्रममा मुख्यमन्त्री प्रेमसिंह तामाङ प्रमुख अतिथि रहनेछन्। कार्यक्रमको उद्देश्य शारीरिक रूपमा असक्षम व्यक्तिहरूको प्रतिभालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा उजागर गर्नु रहेको आयोजक पक्षबाट थाह लागेको छ। कार्यक्रमको तयारीलाई लिएर आज सिक्किम क्रान्तिकारी मोर्चा पार्टीका युवाध्यक्ष लाक्पा मोक्तानको विशेष उपस्थितिमा एउटा समन्वय बैठक सम्पन्न भयो। कार्यक्रम अन्तर्राष्ट्रिय स्तरको हुने भएकाले यसलाई भारतसँगै नेपाल, भुटानजस्ता छिमेकी राष्ट्रहरूसम्म पुग्नेगरी व्यपक प्रचार गर्नुपर्ने महत्त्वमा जोड दिइएको छ। कार्यक्रम एसकेएम सामाजिक सेवा प्रकोष्ठ र सारथी फाउन्डेसनको सहकार्यमा सिक्किम राज्य सहकारी सङ्घको सहयोगितामा आयोजना हुनेछ।


Share this news
आजको रोजाइ
माँ यूनिक धामको रजत जयन्तीमा सांसद विष्ट सम्मानित

माँ यूनिक धामको रजत जयन्तीमा सांसद विष्ट सम्मानित

सिक्किमले १३औं अन्तर्राष्ट्रिय पर्यटन मेलाको तयारी सुरु

सिक्किमले १३औं अन्तर्राष्ट्रिय पर्यटन मेलाको तयारी सुरु

एससी र ओबीसीका नवनियुक्त जिल्लाध्यक्षलाई स्वागत

एससी र ओबीसीका नवनियुक्त जिल्लाध्यक्षलाई स्वागत

क्यापद्वारा राज्यमा 14 क्षेत्रका पदाधिकारीहरू नियुक्त

क्यापद्वारा राज्यमा 14 क्षेत्रका पदाधिकारीहरू नियुक्त

सासंद राजु विष्ट र बीजेपीको टोली मकैबारी चिया बगानमा

सासंद राजु विष्ट र बीजेपीको टोली मकैबारी चिया बगानमा

विधायक निरज जिम्बाद्वारा स्ट्रीट लाइट जडान कार्यमा तीब्रता

विधायक निरज जिम्बाद्वारा स्ट्रीट लाइट जडान कार्यमा तीब्रता

समथार प्राथमिक स्वास्थ्य केन्द्रलाई नयाँ एम्बुलेन्स सेवा

समथार प्राथमिक स्वास्थ्य केन्द्रलाई नयाँ एम्बुलेन्स सेवा

जलवायु परिवर्तन अनुकूल योजना न्यूनीकरण हेतु प्रशिक्षण

जलवायु परिवर्तन अनुकूल योजना न्यूनीकरण हेतु प्रशिक्षण

पहिलो च्याखुङ रनमा १,२०० धावकहरू सहभागी

पहिलो च्याखुङ रनमा १,२०० धावकहरू सहभागी

डीएलआर प्रेरणाद्वारा ‘चिफ् एक्सरसाइज डे’ पालन

डीएलआर प्रेरणाद्वारा ‘चिफ् एक्सरसाइज डे’ पालन