Central Co-operative Bank
Central Co-operative Bank

केन्द्रीय सहकारी बैंक लि.ले सरकारमा राख्यो 13 बुँदे माग

Share this news

दार्जीलिङ जिल्ला केन्द्रीय सहकारी बैंक लिमिटेडले पश्चिम बंगाल सरकारलाई सहकारी क्षेत्र र कृषिलाई मजबुत बनाउनका लागि 13 बुँदे माग राखेको छ। उक्त संस्थानका अध्यक्ष केशवराज शर्माको नेतृत्वको एक टोलीले सरकारका पंचायत र ग्रामीण विकास विभाग (PRD) तथा सहकारी विभागका मन्त्री प्रदीप कुमार मजुमदारसँग दार्जीलिङमा भेट गर्यो। जुन घण्टा लामो चलेको थियो। भेटघाट पश्चात टोलीले मन्त्री महोदयलाई एक ज्ञापनपत्र पेश गरेको छ। ज्ञापनपत्रमा सहकारी आन्दोलन, कृषि सहयोग र आर्थिक स्थायित्व सुदृढ पार्नका लागि तुरुन्त सम्बोधन गर्नुपर्ने विषयहरू समावेश गरिएका छन्। अन्तर्राष्ट्रिय सहकार्य वर्ष 2025 को अवसरमा, DDCCB ले राज्य सरकारको नेतृत्वमा मुख्य मन्त्रीको कुशल नेतृत्वमा युवाहरू, महिला तथा कृषकहरूको सामाजिक उन्नतिको लागि गरिएको प्रतिबद्धताको प्रशंसा गरेको छ। स्वयं सहायता समूहहरू (SHGs) र सहकारी संस्थाहरूलाई सशक्त बनाउने प्रयासहरू जस्तै सारस मेला पहलहरूलाई सराहना गर्दै सहकारी क्षेत्रमा निरन्तर सहयोगको अपेक्षा गरेको छ।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड