Mountain problems: damaged roads and incomplete water supply
Mountain problems: damaged roads and incomplete water supply

पहाडका समस्याहरूः क्षतिग्रस्त सड़क र अधूरो पानी आपूर्ति

Share this news

बितेका केही महिनाहरूमा, दार्जीलिङका सांसद राजु विष्टले दार्जीलिङ लोकसभा निर्वाचन क्षेत्रका विभिन्न भागहरूको दौड़ाहा गरेका थिए। यो यात्राको बेलामा, उनले दुईटा प्रमुख समस्याहरू – क्षतिग्रस्त सड़क र अधूरो नै रहेका पानी आपूर्ति परियोजनाहरूका कारण ठूलो संख्यामा हाम्रा नागरिकहरूले कस्तो कठिन जीवन बिताइरहेका छन् भन्ने प्रत्यक्ष अनुभूति गरेको बताएका छन्। उनका अनुसार
आफु पुग्न सकेको लगभग हरेक क्षेत्रमा सड़कहरू साह्रै खराब अवस्थामा थिए। कैयौँ सड़कहरूको लामो समयदेखि मर्मत नै भएको छैन। त्यसैमाथि, सड़का केही भागहरू हालैका पहिरो अनि बाढ़ीले बगाएर लगेको छ वा नराम्ररी क्षतिग्रस्त बनेका छन्। यी भत्केका अनि खाल्डाखुल्डीले भरिएका सड़कहरूबाट स्थानीयहरूलाई स्कूल, अस्पताल, वा बजारसम्म समेत पुग्नु साह्रै गाह्रो भएको उनले देखेको बताए।

“हर घर जल” र “AMRUT” योजनाहरूको कार्यान्वयन कसरी भइरहेको छ भन्ने विषयमा पनि मानिसहरूले गम्भीर चिन्ता व्यक्त गरेका छन्। यो भ्रमणको बेलामा, कैयौँ नागरिकहरूले कामै नगर्ने पानीका कलहरू, जसमध्ये धेरैजसोमा पानी नै आउँदैन, घटिया पाइपलाइन र सामग्रीहरूको प्रयोग, जलस्रोतहरूको गलत पहिचान, वन विभागद्वारा जारी गरिने “अनापत्ति प्रमाणपत्र (NOC)”मा ढिल्याइँ, विभागीय सुपरिवेक्षण अनि निगरानीको अभाव, स्थानीय समुदायहरूमाझ परियोजनाबारे जानकारीको अभाव, र अयोग्य ठेकेदारहरूको छनौट र अन्यान्य समस्याहरू बारे विस्तारपूर्वक बताए। अहिलेसम्म हरेक घरसम्म पुगिसकेको हुनु पर्ने स्वच्छ पिउने पानी अजसम्म कैयौँ निवासीहरूको पहुँच बाहिर नै छ। ती समस्याहरूको सही ढङ्गले पहिचान गरेर तिनको सुचारू सञ्चालन सुनिश्चित गर्नका लागि विष्टद्वारा जनताले आफै भर्नु पर्ने दुईटा सरल गुगल फाराम (Google Forms) निर्माण गरेको बताए।

Share this news
आजको रोजाइ
रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

अवैध पार्किङविरुद्ध अपर सिरिङ गाउँका युवाहरूको गुनासो

अवैध पार्किङविरुद्ध अपर सिरिङ गाउँका युवाहरूको गुनासो

सुकनामा वन, पर्यटन र स्वास्थ्य सेवाका विषयमा भाजपा टोलीको सक्रिय पहल

सुकनामा वन, पर्यटन र स्वास्थ्य सेवाका विषयमा भाजपा टोलीको सक्रिय पहल

सुशील गाउँमा गोरामुमो शाखा समिति गठन, महेश सिङ्ग सभापतिमा चयन 

सुशील गाउँमा गोरामुमो शाखा समिति गठन, महेश सिङ्ग सभापतिमा चयन 

आजको रोजाइ