हाम्रो गाउँ हाम्रो समाधान मार्फत स्ट्रिट लाइट लगाउने कार्य शुरु

Share this news

तीनधारे, (निसं): खरसाङ खण्ड अन्तर्गत घैयाबारी ग्राम पञ्चायत तीनको बुथ नम्बर 257 मा हाम्रो गाउँ हाम्रो समाधान मार्फत स्ट्रिट लाइट लगाउने कार्य शुरु भएको छ। राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीले घोषणा गरेकी हाम्रो गाउँ हाम्रो समाधानमार्फत्‌‍? प्रत्येक बुथमा 10 लाख बराबरको विभिन्न विकासमूलक कार्यहरु भईरहेको छ। यसै अन्तर्गत घैयाबारी ग्राम पञ्चायत तीनको बुथ नम्बर 257 को लोवर गैरी गाउँ र उदय संघ गाउँमा स्ट्रिट लाइट लगाउने कार्य शुरु गरिएको छ। उक्त कार्यमा घैयाबारी ग्राम पञ्चायत तीनको पञ्चायत प्रधान सुष्मा वाईबा, उप प्रधान केवल राई, 257 बुथको सभापति नरेन राई लगायत अन्यहरु उपस्थित रहेका थिए। यस कार्य अन्तर्गत लोवर गैरी गाउँ र उदय संघमा नै स्ट्रिट लाइट लगाउने कार्य सम्पन्न गरिने भएको छ।

हाम्रो गाउँ हाम्रो समाधान अन्तर्गत स्ट्रिट लाइटु लगाउने कार्य शुरु भएको विषयमा पत्रकारहरुसित कुराकानी गर्दै भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा तीनधारे महानदी समष्टिको प्रवक्ता बिपन विश्वकर्म, 257 बुथको सभापति नरेन राई र घैयाबारी ग्राम पञ्चायत तीनको पञ्चायत प्रधान सुष्मा वाईबाले विस्तृत रुपमा जानकारी गराएका छन्‌‍। तीनजनाले राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीले घोषणा गरे अनुसार प्रत्येक बुथमा हाम्रो गाउँ हाम्रो समाधान अन्तर्गत 10 लाख रुपियाँको विकासको कार्य भईरहेको र यसै अन्तर्गत घैयाबारी ग्राम पञ्चायत तीनको लोवर गैरी गाउँ र उदय संघमा स्ट्रिट लाइट लगाउने कार्य शुरु गरिएको जानकारी गराएका छन्‌‍।

तीनैजनाले राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीले घोषणा गरे अनुसार हाम्रो गाउँ हाम्रो समाधान अन्तर्गत गाउँमा स्ट्रिट लाइट लगाउने कार्य शुरु गरिएको र यसको लागि राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जी, जीटीए प्रमुख अनित थापा र घैयाबारी ग्राम पञ्चायत तीनप्रति गाउँलेहरुको पक्षबाट आभार प्रकट गरेका छन्‌‍।


Share this news
आजको रोजाइ
सोमालियामा खडेरी र खाद्यान्न अभावले मानवीय संकट चुलिँदै

सोमालियामा खडेरी र खाद्यान्न अभावले मानवीय संकट चुलिँदै

हाम्रो गाउँ हाम्रो समाधान मार्फत स्ट्रिट लाइट लगाउने कार्य शुरु

हाम्रो गाउँ हाम्रो समाधान मार्फत स्ट्रिट लाइट लगाउने कार्य शुरु

परम्पराको धरोहरलाई नृत्यमार्फत उचाइ दिँदै कोमल गुरुङ

परम्पराको धरोहरलाई नृत्यमार्फत उचाइ दिँदै कोमल गुरुङ

२०२३-२०२४-को रहल बोनस कहिले पाउने ?

२०२३-२०२४-को रहल बोनस कहिले पाउने ?

जोगेन्द्र प्रसाद अनि पंकज गुप्तलाई सम्मान जनाइयो

जोगेन्द्र प्रसाद अनि पंकज गुप्तलाई सम्मान जनाइयो

ङ्भ्यू चियाबारीका श्रमिकहरूले गत तीन महिनादेखि दैनिक हाजिरा र वेतन दिइएको छैन

ङ्भ्यू चियाबारीका श्रमिकहरूले गत तीन महिनादेखि दैनिक हाजिरा र वेतन दिइएको छैन

पानीको पाइप जड़ान गर्दा व्यस्थित तरिकाले जड़ान गर्नु पर्ने सुझाउ

पानीको पाइप जड़ान गर्दा व्यस्थित तरिकाले जड़ान गर्नु पर्ने सुझाउ

कटलेरी रोडको पुल निर्माण कार्य आरम्भ

कटलेरी रोडको पुल निर्माण कार्य आरम्भ

स्प्रिङडेल एकाडेमीको वार्षिक पुरस्कार वितरण अनि सम्मान कार्यक्रम

स्प्रिङडेल एकाडेमीको वार्षिक पुरस्कार वितरण अनि सम्मान कार्यक्रम

दुधे-पानीघट्टा माझको सड़क जीर्ण अवस्थामा

दुधे-पानीघट्टा माझको सड़क जीर्ण अवस्थामा