खरसाङ, (निसं): खरसाङ खण्ड अन्तर्गत पाण्डु ग्राम पञ्चायत कार्यालयमा शुक्रवार ग्राम सभा सम्पन्न गरियो। पञ्चायत सचिव देवन्ती छेत्रीले सभालाई सञ्चालन गर्दै वर्ष 2025-26 को पञ्चायत मार्फत प्राप्त हुने विभिन्न योजना अनि विकासमूलक कार्यहरूको बारेमा जानकारी गराइन्। त्यसबाहेक छेत्रीले गत वर्ष यसै ग्राम पञ्चायत अन्तर्गत रहेका विभिन्न संसदहरूमा भएका विकासका कार्यहरूको बारेमा अवगत गराइन्। तिनले वर्ष 2025-26 मा गरिन पर्ने संसदहरूमा हुने विकासमूलक कार्यहरूको बारेमा उपस्थित पञ्चायत सदस्यहरूबाट जानकारी लिइन्। उपस्थित पञ्चायत सदस्य अनि क्षेत्रका प्रतिनिधिहरूले वर्ष 2015-26 मा आफ्नो क्षेत्रमा गरिनुपर्ने कार्यहरूको बारेमा जानकारी गराउँदै ती कार्यहरूलाई पञ्चायत विभागले खुबै प्रमुखताका साथ लिएर समाधान गरिदिने आग्रह गरे। सभामा धन्यवाद ज्ञापन पाण्डु ग्राम पञ्चायत प्रधान ननजिता तामाङले राखिन्। सभामा पाण्डु ग्राम पञ्चायत उपप्रधान अनुषा लामा लगायत यस ग्राम पञ्चायतभित्रका विभिन्न क्षेत्रका पञ्चायत सदस्य एवम् ग्राम प्रतिनिधिहरू तथा ग्राम पञ्चायत कार्यालयका कर्मचारीहरू उपस्थित थिए।










