बुङ्कुलुङ धजे सड़क सिलगढ़ी-दार्जीलिङमाझको वैकल्पिम मार्ग बन्न सक्ने सम्भावना

Share this news

खरसाङ,  (निसं)ः खरसाङ महकुमा अन्तर्गत दुधेदेखि केही माथि जिरोबाट धैयाबारी चिया बगान, सिंहबोली चिया बगानको फेदी, बुङ्कुलुङ, चालिसे, कञ्चनपूर, नाम्सू, धजिया हुँदै पोख्रेबुङ निस्कने मार्ग सिलगढ़ी अनि दार्जीलिङ माझको वैकल्पिक मार्ग बन्न सक्ने प्रबल सम्भावना रहेको छ। वर्तमानमा सिलगढ़ीदेखि दार्जीलिङसम्म राष्ट्रिय राजमार्ग 110 मा अत्याधिक यान-वाहनको चलाचलले खरसाङ बजारदेखि दार्जीलिङसम्म लगभग प्रत्येक दिन यातायत जामको स्थिति सृजना हुने गरेको छ। वर्तमानमा रोहिणी रोड पनि बन्द रहेकोले राष्ट्रिय राजमार्ग 110 भएर खरसाङ अनि दार्जीलिङ्का गाड़ीहरू कुदिरहेका छन्‌‍।

खरसाङदेखि उता हुने जामको समस्यालाई स्थायी रुपमा समाधान गर्नु हो भने वैकल्पिम मार्ग अति आवश्यक देखिएको छ। यस्तो अवस्थामा दुधेमाथि जिरोबाट शुरु भएर बुङ्कुलुङ, चालिसे, सञ्जनपुर, नाम्सु बस्ती, धजिया हुँदै पोख्रेबुङ पुग्ने यो मार्गले वैकल्पिक मार्गको रुपमा विकास गर्न सकिने प्रबल सम्भावना रहेको विभिन्न तहका मानिसहरूको मत छ। वर्तमानमा यो मार्गलाई जिरोदेखि बुङ्कुलुङसम्म पश्चिम बंगालको पीडब्लुडीले देखरेेख गरिरहेको छ। जिरोदेखि बुङ्कुलुङसम्म सड़कको अवस्था राम्रो पनि रहेको छ भने त्यहाँदेखि माथिको सड़क मरमतिको आवश्यकता देखिएको छ।

वर्तमानमा यो सड़क भएर पोख्रेबुङ, नागरी, धजे अनि संलग्न क्षेत्रका गाड़ीहरू कुदिरहेका छन्‌‍। गत 4 अक्टोबरको भारी वर्षामा यो सड़क क्याप ढुङ्गा सहित अन्य स्थानमा क्षतिग्रस्त बनेको थियो। क्षतिग्रस्त सड़कको मरम्मती गरिएपछि यो सड़कमा पुनः गाड़ी चलाचल भइरहेको छ। तथापि सड़कको अवस्था भने राम्रो छैन, बुङ्कुलुङदेखि उता धजेतर्फको सड़कको अवस्था राम्रो नभएकोले धेरै चालकहरू यो सड़कमा गाड़ी कुदाउन त्यति रुचाउने गर्दैनन्‌‍। यो सड़कको अवस्था राम्रो हुँदो हो त अझ धेरै संख्यामा गाड़ी कुद्ने छन्‌‍ भन्ने कुरो निश्चित छ। यद्यपि वाध्यतावश धेरैले यो सड़क भएर गाड़ी कुदाइरहेका छन्‌‍।

यो सड़क हुँदै पोख्रेबुङबाट सुके पोखरी निस्किन्छ। यो सड़कलाई दार्जीलिङ गामी गर्नु हो भने धजिया अथवा पोख्रेबुङबाट धोत्रे बालासन तर्फ मोड़ेर निर्माण गर्न सकिने पनि नाम्सुका कतिपय मानिसहरूले बताएका छन्‌‍। यसो गर्न सकिएको खण्डमा आगामी दिनमा दार्जीलिङ अनि सिलगढ़ी माझ यसै सड़क भएर धेरै संख्यामा गाड़ी चलाचल हुने भएकोले राष्ट्रिय राजमार्ग 110 मा यान-वाहनको बोझ कम हुने र राष्ट्रिय राजमार्ग 110 मा यातायत जामको समस्यामा कमी आउने धेरैको मत रहेको छ।

यद्यपि सांसद राजु विष्टले यो मार्गलाई दार्जीलिङ अनि सिलगढ़ी माझको वैकल्पिम मार्गको रुपमा विकसित गर्ने माग गर्दै केन्द्रीय सड़क अनि परिवहन मन्त्री नितिन गडकरीलाई अनुरोध गर्दै ज्ञापन बुझाएको फलस्वरुप दार्जीलिङ-सिलगढ़ीमाझको वैकल्पिक मार्ग निर्माणको प्रक्रिया अघि बढ़ेको खबरहरू प्रकाशमा आइसकेका छन्‌्‌‍। संसदको यो कार्यले यो सड़क पनि आगामी दिनमा वैकल्पिक मार्गको रुपमा विकसित हुने सम्भावना देखिएको छ।


Share this news
आजको रोजाइ
पाण्डु ग्राम पञ्चायत कार्यालयमा शुक्रवार ग्राम सभा सम्पन्न

पाण्डु ग्राम पञ्चायत कार्यालयमा शुक्रवार ग्राम सभा सम्पन्न

सुधपा टोलको तल्लो गाउँबाट आउने सड़कमा ठूलो प्वाल

सुधपा टोलको तल्लो गाउँबाट आउने सड़कमा ठूलो प्वाल

अन्तर्राष्ट्रिय वुशु फेडरेशनद्वारा तक्नीकी प्रशिक्षण

अन्तर्राष्ट्रिय वुशु फेडरेशनद्वारा तक्नीकी प्रशिक्षण

बुङ्कुलुङ धजे सड़क सिलगढ़ी-दार्जीलिङमाझको वैकल्पिम मार्ग बन्न सक्ने सम्भावना

बुङ्कुलुङ धजे सड़क सिलगढ़ी-दार्जीलिङमाझको वैकल्पिम मार्ग बन्न सक्ने सम्भावना

खरसाङ अनि वरिपरि क्षेत्रमा चितुवाको चहल पहल बढ़्दैछ

खरसाङ अनि वरिपरि क्षेत्रमा चितुवाको चहल पहल बढ़्दैछ

वर्तमान परिस्थितिमा छैटौँ अनुसूची अथवा यस्तै संवैधानिक व्यस्था उपलब्धि हुने

वर्तमान परिस्थितिमा छैटौँ अनुसूची अथवा यस्तै संवैधानिक व्यस्था उपलब्धि हुने

गोरामुमो केन्द्रीय समिति अध्यक्ष पुनः मन घिसिङ 

गोरामुमो केन्द्रीय समिति अध्यक्ष पुनः मन घिसिङ 

निलम्बित प्रमोद अनि रबिनले राजु विष्टको पोल खोले

निलम्बित प्रमोद अनि रबिनले राजु विष्टको पोल खोले

मणिपाल अस्पतालद्वारा दार्जीलिङमा क्यान्सर जागरूकता र उपचारमा अन्वेषणाको नयाँ पहल सुरु 

मणिपाल अस्पतालद्वारा दार्जीलिङमा क्यान्सर जागरूकता र उपचारमा अन्वेषणाको नयाँ पहल सुरु 

कडक कुचोको खेतीमा पहाडी कृषकहरू निराश

कडक कुचोको खेतीमा पहाडी कृषकहरू निराश

आजको रोजाइ