एचआरडीपीद्वारा सिमाना सिक्किम (२०२५–२६) अन्तर्गतको समीक्षा कार्यशाला पाक्योङ्गको ग्रामीण विकास विभागको रुरबन कम्युनिटी कम्प्लेक्समा सम्पन्न भयो। जसले प्रगति मूल्याङ्कन गर्ने र आगामी गतिविधिहरूबारे छलफल गर्ने उद्देश्य राखेको थियो। सिटिजन्स फाउन्डेशनको कार्यान्वयनमा एचडीएफसी बैंक परिवर्तनको सहयोग प्राप्त यस कार्यक्रमले पाक्योङ्ग जिल्लाभरि १९ गाउँलाई समेटेको छ। कार्यशालाको उद्देश्य परियोजनाका उपलब्धिहरू मूल्याङ्कन गर्नु र दिगो ग्रामीण विकासका लागि आगामी कदमहरूको रूपरेखा तयार गर्नु थियो। उक्त कार्यशालामा मुख्य अतिथिको रूपमा उपस्थित जिल्लाध्यक्ष्य सुश्री प्रभा प्रधानले ग्रामीण सशक्तिकरणमा सिटिजन्स फाउन्डेशन र एचडीएफसी बैंक परिवर्तनको योगदानको प्रशंसा गरिन्। उनले भनिन् समुदाय-आधारित पहलहरूले ग्रामीण जीविकोपार्जन सुधारमा प्रभावकारी भूमिका खेलेको छ। कार्यक्रममा एडीसी (मुख्यालय) सबीन्द्र राई, एडीसी (विकास) आर. बी. भण्डारी, जिल्ला र ग्राम पंचायत प्रतिनिधि, बीडीओहरू, र सिटिजन्स फाउन्डेशनका सदस्यहरू उपस्थित थिए।











