new school building by MLA SK Subba
new school building by MLA SK Subba

विधायक एसके सुब्बाद्वारा नयाँ विद्यालय भवनको उद्घाटन

Share this news

मानेबुङ–देन्ताम समष्टिका माननीय विधायक सुदेश कुमार सुब्बाले बुधबार बाङतेन वरिष्ठ माध्यमिक विद्यालय परिसरमा निर्माण सम्पन्न गरिएको दुइ कोठा भएको एक तले पक्की भवनको विधिवत् उद्घाटन गरेका थिए। सोही अवसरमा विद्यालयको व्यवस्थापन समिति र गाउँले अभिभावकहरूको सक्रिय सहयोगमा निर्माण गरिएको सानो दुइ कोठे भवनको पनि विधायकले उद्घाटन गरेका थिए। उक्त भवन निर्माणका लागि व्यवस्थापन समितिका अध्यक्ष राजमान गुरूङले कोष संकलन कार्यमा प्रमुख भूमिका निर्वाह गरेका थिए। कार्यक्रममा पश्चिम जिल्ला पञ्चायत उपाध्यक्ष श्रीमती अनिता राई, ओएसडी दिगम गुरूङ, एसकेएम पार्टीका उपाध्यक्ष शेर्हाङ सुब्बा, सीएलसी अध्यक्ष डी.एन. शेर्पा, युवा संयोजक राजमान गुरूङ, पञ्चायत अध्यक्ष श्रीमती चन्द्रमाया लिम्बू लगायत सम्पूर्ण पञ्चायत सदस्यहरू, देन्ताम बीएसी अन्तर्गत आरडीडी विभागका एइ-जेइ सम्बन्धित विभागका कर्मचारीहरू, विद्यालय व्यवस्थापन समिति, शिक्षक–शिक्षिका तथा विद्यार्थी अभिभावकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। उक्त अवसरमा स्थानीय जनताले मुख्यमन्त्री प्रेमसिंह तामाङ गोले तथा क्षेत्र विधायक सुदेश कुमार सुब्बाप्रति हार्दिक आभार व्यक्त गर्दै विद्यालय र स्थानीय स्तरमा भइरहेको विकासात्मक कार्यको प्रशंसा गरे। यसका साथै भवन निर्माण कार्यमा सहयोग पुर्‍याउने स्थानीय ठेकेदार छिरिङ भुटियाप्रति पनि आभार प्रकट गरिएको थियो।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ