new school building by MLA SK Subba

विधायक एसके सुब्बाद्वारा नयाँ विद्यालय भवनको उद्घाटन

Share this news

मानेबुङ–देन्ताम समष्टिका माननीय विधायक सुदेश कुमार सुब्बाले बुधबार बाङतेन वरिष्ठ माध्यमिक विद्यालय परिसरमा निर्माण सम्पन्न गरिएको दुइ कोठा भएको एक तले पक्की भवनको विधिवत् उद्घाटन गरेका थिए। सोही अवसरमा विद्यालयको व्यवस्थापन समिति र गाउँले अभिभावकहरूको सक्रिय सहयोगमा निर्माण गरिएको सानो दुइ कोठे भवनको पनि विधायकले उद्घाटन गरेका थिए। उक्त भवन निर्माणका लागि व्यवस्थापन समितिका अध्यक्ष राजमान गुरूङले कोष संकलन कार्यमा प्रमुख भूमिका निर्वाह गरेका थिए। कार्यक्रममा पश्चिम जिल्ला पञ्चायत उपाध्यक्ष श्रीमती अनिता राई, ओएसडी दिगम गुरूङ, एसकेएम पार्टीका उपाध्यक्ष शेर्हाङ सुब्बा, सीएलसी अध्यक्ष डी.एन. शेर्पा, युवा संयोजक राजमान गुरूङ, पञ्चायत अध्यक्ष श्रीमती चन्द्रमाया लिम्बू लगायत सम्पूर्ण पञ्चायत सदस्यहरू, देन्ताम बीएसी अन्तर्गत आरडीडी विभागका एइ-जेइ सम्बन्धित विभागका कर्मचारीहरू, विद्यालय व्यवस्थापन समिति, शिक्षक–शिक्षिका तथा विद्यार्थी अभिभावकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। उक्त अवसरमा स्थानीय जनताले मुख्यमन्त्री प्रेमसिंह तामाङ गोले तथा क्षेत्र विधायक सुदेश कुमार सुब्बाप्रति हार्दिक आभार व्यक्त गर्दै विद्यालय र स्थानीय स्तरमा भइरहेको विकासात्मक कार्यको प्रशंसा गरे। यसका साथै भवन निर्माण कार्यमा सहयोग पुर्‍याउने स्थानीय ठेकेदार छिरिङ भुटियाप्रति पनि आभार प्रकट गरिएको थियो।


Share this news
आजको रोजाइ
माँ यूनिक धामको रजत जयन्तीमा सांसद विष्ट सम्मानित

माँ यूनिक धामको रजत जयन्तीमा सांसद विष्ट सम्मानित

सिक्किमले १३औं अन्तर्राष्ट्रिय पर्यटन मेलाको तयारी सुरु

सिक्किमले १३औं अन्तर्राष्ट्रिय पर्यटन मेलाको तयारी सुरु

एससी र ओबीसीका नवनियुक्त जिल्लाध्यक्षलाई स्वागत

एससी र ओबीसीका नवनियुक्त जिल्लाध्यक्षलाई स्वागत

क्यापद्वारा राज्यमा 14 क्षेत्रका पदाधिकारीहरू नियुक्त

क्यापद्वारा राज्यमा 14 क्षेत्रका पदाधिकारीहरू नियुक्त

सासंद राजु विष्ट र बीजेपीको टोली मकैबारी चिया बगानमा

सासंद राजु विष्ट र बीजेपीको टोली मकैबारी चिया बगानमा

विधायक निरज जिम्बाद्वारा स्ट्रीट लाइट जडान कार्यमा तीब्रता

विधायक निरज जिम्बाद्वारा स्ट्रीट लाइट जडान कार्यमा तीब्रता

समथार प्राथमिक स्वास्थ्य केन्द्रलाई नयाँ एम्बुलेन्स सेवा

समथार प्राथमिक स्वास्थ्य केन्द्रलाई नयाँ एम्बुलेन्स सेवा

जलवायु परिवर्तन अनुकूल योजना न्यूनीकरण हेतु प्रशिक्षण

जलवायु परिवर्तन अनुकूल योजना न्यूनीकरण हेतु प्रशिक्षण

पहिलो च्याखुङ रनमा १,२०० धावकहरू सहभागी

पहिलो च्याखुङ रनमा १,२०० धावकहरू सहभागी

डीएलआर प्रेरणाद्वारा ‘चिफ् एक्सरसाइज डे’ पालन

डीएलआर प्रेरणाद्वारा ‘चिफ् एक्सरसाइज डे’ पालन