new Mahakuma ruler

भागोप्रमोको टोलीद्वारा नयाँ महकुमा शासकसङ्ग भेटघाट

Share this news

भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको प्रतिनिधि टोलीले खरसाङका नयाँ महकुमा शासकलाई स्वागत गर्नुको साथै वर्तमानमा पश्चिम बंगालभरि चलिरहेको मतदाता गहन पुनर्निरीक्षण (एसआइआर) विषयमा पनि चर्चा परिचर्चा गरेको जानकारी प्राप्त भएको छ। भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा केन्द्रीय समिति, सभासदगण, खरसाङ महकुमा समिति, खरसाङ टाउन कमिटी, युवा शक्तिका प्रतिनिधिहरु उपस्थित भएर खरसाङमा हालैमा इस्लामपुर महकुमाको महकुमा शासकको रुपमा काम गरेर स्थान्तरण भएर खरसाङ महकुमा शासकको रुपमा आएकी नयाँ महकुमा शासक आएएएस प्रिया यादवलाई स्वागत जनाएका छन्। नयाँ महकुमा शासकलाई स्वागत जनाउनुको साथै वर्तमानमा पश्चिम बंगालभरि चलिरहेको मतदाता गहन पुनर्निरीक्षण (एसआइआर) विषयमा पनि चर्चा परिचर्चा गरेको जानकारी प्राप्त भएको छ। मोर्चाको उक्त टोलीमा केन्द्रीय सदस्य समीरदीप ब्लोन, सभासदद्वय प्रणाम रसाइली र नुरी शेर्पा, युवा शक्तिको खरसाङ महकुमा समितिका सभापति प्रेमेन्द्र गुरूङ, शंकर रावत, टाउन कमिटीका अध्यक्ष राजु शर्मा, दिपेन्द्र सेवा, तीनधारे महानदी समष्टिका सभापति राजीव थापा लगायत अन्यहरु उपस्थित रहेका थिए।


Share this news
आजको रोजाइ
माँ यूनिक धामको रजत जयन्तीमा सांसद विष्ट सम्मानित

माँ यूनिक धामको रजत जयन्तीमा सांसद विष्ट सम्मानित

सिक्किमले १३औं अन्तर्राष्ट्रिय पर्यटन मेलाको तयारी सुरु

सिक्किमले १३औं अन्तर्राष्ट्रिय पर्यटन मेलाको तयारी सुरु

एससी र ओबीसीका नवनियुक्त जिल्लाध्यक्षलाई स्वागत

एससी र ओबीसीका नवनियुक्त जिल्लाध्यक्षलाई स्वागत

क्यापद्वारा राज्यमा 14 क्षेत्रका पदाधिकारीहरू नियुक्त

क्यापद्वारा राज्यमा 14 क्षेत्रका पदाधिकारीहरू नियुक्त

सासंद राजु विष्ट र बीजेपीको टोली मकैबारी चिया बगानमा

सासंद राजु विष्ट र बीजेपीको टोली मकैबारी चिया बगानमा

विधायक निरज जिम्बाद्वारा स्ट्रीट लाइट जडान कार्यमा तीब्रता

विधायक निरज जिम्बाद्वारा स्ट्रीट लाइट जडान कार्यमा तीब्रता

समथार प्राथमिक स्वास्थ्य केन्द्रलाई नयाँ एम्बुलेन्स सेवा

समथार प्राथमिक स्वास्थ्य केन्द्रलाई नयाँ एम्बुलेन्स सेवा

जलवायु परिवर्तन अनुकूल योजना न्यूनीकरण हेतु प्रशिक्षण

जलवायु परिवर्तन अनुकूल योजना न्यूनीकरण हेतु प्रशिक्षण

पहिलो च्याखुङ रनमा १,२०० धावकहरू सहभागी

पहिलो च्याखुङ रनमा १,२०० धावकहरू सहभागी

डीएलआर प्रेरणाद्वारा ‘चिफ् एक्सरसाइज डे’ पालन

डीएलआर प्रेरणाद्वारा ‘चिफ् एक्सरसाइज डे’ पालन