गोर्खा राष्ट्रिय मुक्ति मोर्चा रंगबुल धोतरिया रंगबुक समष्टिको सांगठनिक सभा सम्पन्न भयो। टी आर प्रधानको अध्यक्षतामा सम्पन्न भएको सभामा गोरामुमो वरिष्ठ नेता एन बी प्रधान, अरुण राई साथै समष्टिका प्रतिनिधिवर्गको उपस्थित रहेका थिए। सभामा व्यापक छलफल पछि रन्जिता सुब्बालाई समष्टि अध्यक्षा पदमा सर्वसम्मतिले चयन गरियो। यसैगरी उपाध्यक्षमा अन्तरे गुरुङ अनि उपसचिवमा राजु रुमदालीलाई चयन गरियो। सांङ्ठनिक बिस्तारलाई बलियो बनाउनको निम्ति सभाले सोनादा जोनल कमिटी अनि रंगबुल जोनल कमिटी बनाउने प्रस्ताव पारित गरेको छ। पार्टीको सिद्धान्त अनि अनुशासनमा रहेर समष्टिलाई साङ्ठनिक बिस्तार अनि बलियो बनाउनको निम्ति दिशानिर्देशन दिंदै एन बी प्रधानले चयन गरिएका पदाधिकारीवर्गलाई वधाइ अनि शुभकामना दिए।












