25 नोबेम्बरसम्म समय आतंकित नभई दिने बीएलओ-हरूको आग्रह

Share this news

मजुवा, 15 नोबेम्बर (निसं): राज्यको विभिन्न क्षेत्रहरू झैं पहाड़मा पनि एसआइआर-को काम धमाधम भइरहेको छ। चुनाउ आयोगको निर्देश बमोजिम एसआइआरको फार्म भर्ने प्रक्रिया पहाडको चारैतिर भइरहेको भएपनि फार्म भर्ने प्रक्रियामा जनसाधारणहरू धेरै अन्योलतामा परिरहेको छ। यसैगरि मजुवा ग्रामको विभिन्न बुथहरूमा पनि एसआइआरको फार्म घरदैलोसम्म पु-याउने कार्य समाप्तितिर पुगेको भएपनि साधारण मानिसहरूले फार्म भर्ने प्रक्रिया राम्ररी नबुझेका कारण अन्योलतामा परिरहेको बताइएको छ। दौडधुप गर्दै बीएलओहरूलाई गुहार लगाइरहेका छन भने बस्ती भेगका धेरै मानिसहरूले यसको फार्म भर्ने तरिका सहीढंगमा नबुझ्नुले पनि असुविधा भइरहेको हो। मतदाता सुची 2002 मा नाम आउनेहरूले र परिवारका सदस्यहरूमा नाम नआउनेहरूको कहाँ र कसरी फार्म भर्ने पर्ने विषयमा धेरै मानिसहरू नै अन्योलमा रहेकोले उक्त प्रक्रिया बुझाउन बीएलओहरूलाई बारम्बार सोधपुछ भइरहेको बीएलओहरूले बताएका छन्। उनिहरूले पनि मतदाताहरूलाई एसआइआर फार्म भर्ने प्रक्रिया बुझाउन सक्दो सहयोग  गरिरहेको तथापि 2002 को मतदाता सुचिमा नाम हुनेहरूलाई कुनै असुविधा नहोस र खाँटी रैथाने नागरिकहरूको परिवार तथा सदस्यको नाम हुनेहरूलाई कुनै असुविधा नहोस् भन्ने उद्देश्यले जोडदार काम गरिरहेको बीएलओ-हरूले बताएका छन्। जनसाधारणहरू आतंकित हुन नपर्ने यस एसआइआरलाई साधारण रूपमा लिनु पनि नहुने विज्ञाजनहरूले बताएको छ। सबै मतदाताहरूलाई यस कार्यको निम्ति आगामी 25 नोबेम्बरसम्म समय दिएको छ र कसैपनि आतंकित नभई दिने बीएलओ-हरूले आग्रह गरेका छन।

Share this news
आजको रोजाइ
बाल दिवसमा फुवागढी उमाविको “नव्य दृष्टि “भित्ते पत्रिका विमोचन

बाल दिवसमा फुवागढी उमाविको “नव्य दृष्टि “भित्ते पत्रिका विमोचन

पुनर्वासको मागमा आइजीजीएफ सेलिम्बोङ व्यवस्थापनसँग भेट

पुनर्वासको मागमा आइजीजीएफ सेलिम्बोङ व्यवस्थापनसँग भेट

सड़क भास्सिएपछि सांसदलाई समाजको चिट्ठी

सड़क भास्सिएपछि सांसदलाई समाजको चिट्ठी

चिल्ड्रेन्स डे-मा डीएचआर-द्वारा विद्यार्थीहरूलाई निःशुल्क जोय राइड

चिल्ड्रेन्स डे-मा डीएचआर-द्वारा विद्यार्थीहरूलाई निःशुल्क जोय राइड

बिहार विजय सेमी-फाइनल, बीजेपीले बंगालमा फाइनल जित्नेछ

बिहार विजय सेमी-फाइनल, बीजेपीले बंगालमा फाइनल जित्नेछ

बाल दिवसको अवसरमा पाइनहल एकाडेमीमा वार्षिक खेलकूद

बाल दिवसको अवसरमा पाइनहल एकाडेमीमा वार्षिक खेलकूद

दार्जीलिङ साउथफिल्ड लरेटो एलुमनाई एशोसिएसन-द्वारा आयोजित वाकथन सम्पन्न

दार्जीलिङ साउथफिल्ड लरेटो एलुमनाई एशोसिएसन-द्वारा आयोजित वाकथन सम्पन्न

विद्यादिप एजुकेसनल ईन्स्टिच्युट परबुङद्वारा रजत जयन्ती समारोह

विद्यादिप एजुकेसनल ईन्स्टिच्युट परबुङद्वारा रजत जयन्ती समारोह

भीबीडीसी कर्मचारीद्वारा खण्ड विकास अधिकारीलाई ज्ञापन

भीबीडीसी कर्मचारीद्वारा खण्ड विकास अधिकारीलाई ज्ञापन

25 नोबेम्बरसम्म समय आतंकित नभई दिने बीएलओ-हरूको आग्रह

25 नोबेम्बरसम्म समय आतंकित नभई दिने बीएलओ-हरूको आग्रह

आजको रोजाइ