Annual sports at Pinehall Academy
Annual sports at Pinehall Academy

बाल दिवसको अवसरमा पाइनहल एकाडेमीमा वार्षिक खेलकूद

Share this news

मिरिक महकुमाको सौरेनीस्थित पाइनहल एकाडेमीमा बाल दिवसको अवसरमा सौरेनी खेल मैदानमा वार्षिक खेलकूद कार्यक्रम आयोजन गरिएको थियो। कार्यक्रमको अध्यक्षता सी.के. प्रधानले गरेका थिए भने रविन्द्रनाथ उच्चत्तर माध्यमिक विद्यालयका प्रधान अध्यापक कैलाश बान्तवा प्रमुख रूपमा उपस्थित थिए। यसरी नै पाइनहल एकाडेमीका प्राचार्य नगेन राई, निदेशक निरूपा राई, सौरेनी ग्राम पञ्चायत एककी प्रधान अनिता राई, पञ्चायत समिति कर्माध्यक्ष आदित्य प्रधान, तारा घिमिरे, सी.डी.राई, विभिन्न विद्यालयका प्रतिनिधिवर्ग, विद्यालयका शिक्षक शिक्षिका, अभिभावकहरू अनि विद्यार्थीहरूको उपस्थिति रहेको थियो। कार्यक्रम अध्यक्षले खेलकूद कार्यक्रम आरम्भ भएको घोषणा गरेपछि भारतका पूर्व प्रधानमन्त्री पण्डित जवहरलाल नेहरूको प्रतिकृतिमा दिप प्रज्ज्वलन गरेपछि आरम्भ भएको खेलकूद कार्यक्रममा गत अक्टोबर महिनामा पैरोमा परि ज्यान गुमाएका दिवङगतहरूको आत्मा शान्तिको कामना गर्दै एक मिनटको मौन धारण गरियो। कार्यक्रमको शुरूमा मार्च पास्ट प्रतियोगितामा भाग लिएका विद्यालयका चारवटा हाउसका कन्टिजेन्टहरूले मार्चपास्ट प्रदर्शन गरे। जसमा टरस हाउस विजयी बनेको थियो। यसरी नै विद्यालयका जुनियर सेक्शनका विद्यार्थीहरूले पनि मार्च पास्टमा अंश ग्रहण गरेका थिए। निम्नदेखि उच्च श्रेणीका सम्पूर्ण विद्यार्थीहरूमाझ विविध प्रतियोगिता सम्पन्न गरिएको थियो। जसमा हाई जम्प, लङ्ग जम्प, एक सयदेखि पन्द्रह सय मिटरको दौड प्रतियोगिता, रिले दौड प्रतियोगिता, टग अफ वार लगायत अन्य रहेको थियो। यसरी नै अभिभावकहरूका लागि पनि विविध खेल समावेश गरिएको थियो। कार्यक्रममा विद्यालयका एक सय जना विद्यार्थीहरूले सामुहिक नृत्य पनि प्रस्तुत गरेका थिए। खेलकूद कार्यक्रमपछि पत्रकारहरूसँग कुराकानी गर्ने क्रममा विद्यालयकी निदेशक श्रीमती निरूपा राईले विद्यालयले प्रत्येक वर्ष नै खेलकुद वा कनसर्ट कार्यक्रम आयोजना गर्दै आएको बताइन्।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ