Navya Drishti
Navya Drishti

बाल दिवसमा फुवागढी उमाविको “नव्य दृष्टि “भित्ते पत्रिका विमोचन

Share this news

बाल दिवसको अवसर पारेर फुवागढी उच्चत्तर माध्यमिक विद्यालयले विशेष समारोहबीच आफ्नो भित्ते पत्रिका “नव्य दृष्टि”को शुक्रबार विमोचन गरेकोे थियो। विद्यालयका शिक्षक प्रभारी पेमा लामाको अध्यक्षता अनि सौरेनी ग्राम पञ्चायत दुईका पञ्चायत सदस्य एवम् सञ्चालन समिति सदस्य रोशन लामाको प्रमुख आतिथ्य रहेको समारोहमा विद्यालयका ज्येष्ठ शिक्षक मोहन दोर्जे लामा रोशन दियाली, शिक्षिकागणमा रोश्ना तामाङ नीलम बान्तावा, सुमित्रा राई, बिनिता मोक्तान शिक्षक सञ्जीत तामाङ ,भुपेन राई, सिद्धान्त शिरोमणि शर्मा लयागत अभिभावक प्रभात छेत्री आदिको उपस्थिति रहेको थियो। पण्डित जवाहरलाल नेहेरुको तस्बिरमा दीप प्रज्जवलन गरि कार्यक्रमको शुभारम्भ गरियो। सह शिक्षक मोहन दोर्जे लामाको स्वागत सम्बोधनपछि शुरु गरिएको यस् समारोहमा नव्य दृष्टि विद्यार्थीहरुको हस्तलिखित लेख रचनाहरु चित्रहरुलाई एक ठाउँमा सजाएर भित्ते पत्रिकामार्फत प्रोत्साहन जगाउन यो प्रयासमा गरिएको थियो।समारोह अध्यक्ष साथै प्रमुख अतिथि, विद्यालयका शिक्षक शिक्षिकाहरुको प्रमुख उपस्थितिमा भित्ते पत्रिका नव्य दृष्टिको विधिवत रुपमा अनावरण गरियो। प्रमुख अतिथिले पत्रिका विमोचन भएको घोषणा गरे। नव्य दृष्टि विद्यालयमा पहिलोपल्ट भित्ते पत्रिका बनेर आएको छ विद्यालयको मुख पत्र पलास फूल हो नव्य दृष्टि कोपिला हो यस् पत्रिकाका परिकल्पनाकार रोशन दियालीले बताए। नव्य दृष्टि भित्ते पत्रिकाका प्रमुख सम्पादक सञ्जीत तामाङ नेपाली विभाग रहेका छन् भने अंग्रेजी विभागका शिक्षिका रोश्ना तामाङ र मृणालिनी लामा रहेकी छिन्। प्रमुख सम्पादक सञ्जीत तामाङले नव्य दृष्टि विद्यार्थीहरुमा भएको लेखन प्रतिभाहरुलाई प्रगाढ बनाउने उदेश्यले तयार पारिएको भित्ते पत्रिका नव्य दृष्टि विमोचन भएको छ। यसका अवधारणा शिक्षक रोशन दियाली सरको हो भन्दै यो पत्रिकाले निरन्तरताको प्रण गरेको बताए। विद्यालयका शिक्षक प्रभारी पेमा लामाले बाल दिवसको अवसरमा विद्यार्थीहरुलाई वधाइ अनि शुभकामना सन्देश दिंदै भित्ते पत्रिका विद्यार्थीहरुको उपज रहेको बताए। यसका अवधारणा दिनु हुने रोशन दियाली सरलाई यस् पत्रिकाका आजिवन सदस्य रहनुहुने घोषणा गरे। विद्यार्थीहरुलाई पठनपाठनसितै उनीहरुमा भएको प्रतिभालाई प्रस्फुटन गराउने उदेश्यले यो दिशामा कार्य गरिएको बताए। विद्यार्थीहरुलाई खेलकूद, साहित्य संगीत र कलाको क्षेत्रमा पनि अग्रगामी बनाउने हाम्रो उदेश्य रहेको बताए। उनलेे पत्रिकाका सम्पूर्ण सदस्य पत्रिका उप समितिलाई आभार प्रकट गर्दै सम्पादन मण्डलीप्रति विशेष आभार प्रकट गरे। सह शिक्षक बाल कृष्ण शर्माको सञ्चालनमा सम्पन्न उक्त समारोहमा विद्यार्थी रेजुल राईले कविता पठन अनि पाँचौं र छैटौं श्रेणीका विद्यार्थीहरुले गीत प्रस्तुत गरेका थिए।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ